काठमाण्डाै – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुग्नुभएको छ ।
नयाँ सरकार गठनको विषयमा एमाले अध्यक्ष ओली, माओवादीका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भइरहेका बेला प्रचण्डले राउतलाई पनि बोलाउनुभएको हो । प्रचण्डले बोलाएपछि राउत पनि बालकोट पुग्नुभएको छ ।
ओली र प्रचण्डले सरकार गठनमा सघाउन राउतलाई आग्रह गर्नुभएको छ । राउतको पार्टीले संसदमा छ सिट रहेको छ । नया...