डा सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि अभियानमा तीव्रता दिएको छ । स्थानीय तह चुनाव केन्द्रित 'जनमत माटो यात्रा'का क्रममा राउत लुम्बिनी, मधेस र प्रदेश नम्बर १ को प्रत्येक पालिकामा पुग्दैछन् ।पहिलो चरणमा लुम्बिनी प्रदेशको विभिन्न स्थानीय तहमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्दै राउतसहित जनमत पार्टीका नेताले विभिन्न स्थानबाट माटो सङ्कलन गरेका थिए । जनमत पार्टी अहिले मधेस प्रदेश केन्द्रित जनमत माटो यात्रा गरिरहेको छ । बारा जिल्लाको विभिन्न स्थानीय तहमा माटो यात्रापछि ६