काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा आएको परिवर्तन माओवादीकै कारण सम्भव रहेको सन्देश लिएर गाउँ जान नेता/कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
सिन्धुली जिल्ला पार्टी कार्यालयको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले संविधान निर्माण, संघीयता, पछि पारिएका वर्गलाई अधिकार दिने लगायतका सबै परिर्वतन माओवादीका कारण मात्रै सम्भव भएको संदेश लिएर चुनावको लागि गाउँ/सहरमा खटिन निर्देशन दिनुभयो । आफूहरुले प्रतिनिधिसभाको पहिलो विघटन असफल पारेपछि नेता/कार्यकर्ता आरामले बस्दा तत्कालीन प्रधानमन्त्री ...