पूर्व माओवादी समूहबाट कित्ता परिवर्तन गरी हाल केपी ओली समूहतिर लागेका नेता प्रभु साहले नेकपाका प्रचण्ड नेपाल समूहका पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गरेका छन् ।
सहरी विकास मन्त्री समेत रहेका साहले अहिलेको आवश्यकता प्रचण्ड मुक्त पार्टी र प्रचण्ड मुक्त देश भएको अभिव्यक्ति दिएका छन् ।
रौतहटको सदरमुकाम गौरस्थित क्षेत्र १ को नेकपा ओली निकट अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले तत्कालिन माओवादी जनयुद्धकाल देखिनै प्रचण्डले पटक पटक बोली फेरेर मधेशीलाई झुक्याएको आरोप समेत लगाए ।
यस्तै उनले माधव नेपा...