निषेधाज्ञा उलंघन गर्ने ९५ सवारीसाधन नियन्त्रणमा

न्युज अफ नेपाल,  हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षकसमेतको चेकिङ टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट निर्णय भएको निषेधाज्ञा उलंघन गर्ने सवारीसाधनहरु नियन्त्रणमा लिएको छ । मोटरसाइकल/स्कुटर ७३ वटा, अटो १८ वटा, ट्याक्सी ३ वटा र सुमो १ वटा गरी ९५ सवारीसाधनलाई नियन्त्रणमा लिइएको र अटेर गरी पसल सञ्चालन गर्ने ५ जनालाई नियन्त्रणमा […]

सम्बन्धित सामग्री

उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने एक हजार ४१ वटा सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने एक हजार ४१ वटा सावारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । निषेधाज्ञा उलंघन गरी चलाइएका एक हजार ४१ वटा सावारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ७८९ वटा दुई पाङग्रे, १७९ वटा चारपाङ्ग्रे, १३ वटा ट्याक्सी र ६० वटा ठुला सवारी साधन रहेको ट्राफिक प्रहरी कार्यलय रामशाहपथले जनाएको छ । निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सवारी साधनमात्र सञ्चालन हुन पाउने भए पनि नियम उल्लंघन गर्नेको संख्या दैनिक जसो उस्तै रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

जरिवाना गर्न थालेपछि निषेधाज्ञा पालना, २०औं दिन उपत्यकाको निषेधाज्ञा

निषेधाज्ञाको २० औ दिन आज उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुरमा तुलनात्मक रुपमा सवारीसाधन कम सञ्चालन भएका छन् । अत्यावश्यक सेवा खाद्यान्न, सरसफाई, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा कार्यरतहरुका सवारीसाधन सञ्चालनमा छन् । अनुमति विना हिडडुल गर्नेलाई प्रहरीले होल्डिङमा राखेको छ । निषेधाज्ञा उलंघन गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेपछि निषेधाज्ञाको पालना कार्यान्वयनमा आएको देखिन्छ ।

निषेधाज्ञा उलंघन गर्ने २ हजार ८१५ सवारीसाधन प्रहरीको नियन्त्रणमा

काठमाडौं। नेपाल प्रहरीले बितेको चौबीस घण्टामा निषेधाज्ञा जारी भएका स्थानबाट २ हजार ८१५ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामा ९१३ वटा गाडी र एक हजार ९०२ वटा मोटरसाइकल रहेका छन्। निषेधाज्ञा कार्यान्वयनका सिलसिलामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। निषेधाज्ञा जारी गरिएका स्थानमा अत्यावश्यक सेवा र पास भएका अन्य सवारीसाधनको आवागमनमा निषेध गरिएको छ।

निषेधाज्ञा अटेर गर्ने ३१५ सवारीसाधन नियन्त्रणमा

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट प्रहरी नायब उपरीक्षक जयश्वर रिमालसमेतको चेकिङ टोलीले निषेधाज्ञा अटेर ३१५ सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय प्रशासन कार्यालयमा पठाएको छ । मकवानपुरका बिभिन्न स्थानमा राखिएको चेकप्वाइन्टमा निषेधाज्ञा उलंघन गर्ने मोटरसाइकल, स्कुटर, अटो, साना गाडी र ट्रिपर गरी ३१५ वटा सवारीसाधन तथा सवारीसाधनको कागजपत्र नियन्त्रणमा लिइएको हो […]

काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने ३ सय सवारीसाधन नियन्त्रणमा

न्युज अफ नेपाल ,काठमाडौं ।  जिल्ला प्रशासन कार्यालयहरुले लागू गरेको निषेधाज्ञाको पहिलो दिन बिहीबार उपत्यकामा ३ सय सवारीसाधन कारबाहीमा परेका छन् । निषेधाज्ञा सफल बनाउन उपत्यकामा प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाए पनि निषेधाज्ञा उलंघन गर्नेहरू देखिएपछि चेकजाँचलाई कडा पारिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले […]

चोकचोकमा कडा चेकजाँच, होल्डमा परेका सवारी ७ बजेसम्म नछाडिने

प्रहरीले निषेधाज्ञा सफल बनाउन उपत्यकामा चेकजाँचमा कडाइ गरेको छ ।  स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएपनि निषेधाज्ञा उलंघन गर्न हुने भएकाले चेकजाँचलाई कडा पारेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले काठमाडौं जिल्लाको हकमा १० बजेसम्म सामान किन्न जानेहरुलाई छुट दिइएको छ । तर, तोकिएको आदेश भन्दा फरक गर्नेलाई कारबाहीको दायरामा ल्याइएको छ ।   तोकिएका बाहेकका गाडी र मोटरसाइकललाई नियन्त्रणमा लिएर होल्ड गरिएको उनले बताए । सिंहले काठमाडौंका १२८ ठाउँ...

उपत्यकामा निषेधाज्ञा–चोकचोकमा कडा चेकजाँच, तस्बिरमा हेर्नुहोस्

काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि निषेधाज्ञा गरिएको छ।  कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय प्रशासनले पहिलो चरणमा वैशाख २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञापछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रशासनले अत्यावश्यकबाहेकका त्यस्ता सवारीसाधन सञ्चालनमा रोक लगाएपनि कतिपयले निषेधाज्ञा उलंघन गर्न सक्ने भएकाले चेकजाँचलाई कडा पारेको छ । प्रहरीले राजधानीका चोकचोकमा कडा चेकजाँच गरिरहेको छ भने पास बिना सञ्चालित यातायातका