लोकतान्त्रिक मधेसी फ्रन्ट गठन

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई केन्द्रित गर्दै नवगठित तराई–मधेस लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ । सो सहमतिकै आधारमा दुवै दल मिलेर लोकतान्त्रिक मधेसी फ्रन्ट गठन गरिएको छ ।मंगलबार जनकपुरधाममा आयोजित कार्यक्रममा दुवै पार्टीबीच चुनावी तालमेलको घोषणा गर्दै फ्रन्ट गठनबारे जानकारी दिइएको हो । तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले मधेस विद्रोहका मुद्दालाई संस्थागत गर्न तथा विकासको पारदर्शी रणनीतिका साथ मधेस र देशलाई

सम्बन्धित सामग्री

‘मधेसी जनताको अधिकार प्राप्तिको सङ्घर्ष जारी’

सप्तरी– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसी जनताका अधिकार प्राप्तिको सङ्घर्ष जारी रहेको बताएका छन् । लोसपा नेपाल जिल्ला कमिटी सप्तरीद्वारा राजविराजमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले गजेन्द्र बाबुले पहिचान र अधिकारको लागि देखेको सपना साकार हुन बाँकी रहेको बताए । उनले मधेस विद्रोहबाट प्राप्त अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिए […]

लोसपा कार्यालय खाली गर्न उर्दी

बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यालय तत्काल खाली गर्न नेपाल मधेसी निजामती कर्मचारी मञ्चले उर्दी जारी गरेको छ।...

मधेस केन्द्रित साना चार दलले गरे मोर्चा गठन

मधेस केन्द्रित साना चार दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन् । तराई–मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले सोमबार लोकतान्त्रिक मधेसी मोर्चा गठन...

मधेसी जनतालाई थप अधिकार सम्पन्न बनाउन गठबन्धन गरिएकाे हाे: अध्यक्ष ठाकुर

जलेश्वर- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन्। महोत्तरी सदरमुकाम जलेश्वरमा आइतबार आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्रको सार्वजनिक गर्दै उनले मधेसी जनतालाई थप अधिकार सम्पन्न बनाउनका लागि विभिन्न ठूला दलसँग निर्वाचनमा सहकार्य गरेको बताए। […]

मधेसी जनताको अधिकारका लागि सङ्घर्ष जारी छ : राजेन्द्र महतो

राजविराज– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा मधेसी, आदिवासी, जनजाति, मुस्लिम, सीमान्तकृतलगायत समुदायको पूर्ण अधिकार अझै पनि सुनिश्चित नभएको बताए । सप्तरीको राजविराजमा लोसपा नेपालले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता महतोले भने, ‘मधेसी जनताको अधिकार प्राप्तिका लागि आफूहरुको सङ्घर्ष जारी छ ।’ कार्यक्रममा नेता शरत्सिंह भण्डारीले निर्वाचनमा गठबन्धन बाध्यता रहेको भन्दै […]

एक्लाएक्लै भिड्दै ६ मधेसी दल

काठमाडौं, बैशाख १३ । तराईमधेस केन्द्रित ६ दल एक्लाएक्लै स्थानीय तहको निर्वाचनमा भिड्ने भएका छन्। ती दलबीच देशैभरि कतै पनि आपसी तालमेल छैन। उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन सोमबार जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), जनता प्रगतिशील पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले एक्लाएक्लै उम्मेदवारी दिएका छन्। […]

महन्थ ठाकुर र राजेन्द्र महतोहरु मधेसी जनता लुट्ने दलाल हुन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी नेताहरुमाथि आक्रोश पोखेका छन् । सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई मधेसी जनता लुट्ने दलाल भएको आरोप लगाए । मधेस विरोधी केपी ओलीलाई साथ दिनेहरु मधेसी […] The post महन्थ ठाकुर र राजेन्द्र महतोहरु मधेसी जनता लुट्ने दलाल हुन् : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

संघीयतापछि कैयौँ सरकार फेरिए, मधेसी जनतामाथिको विभेद कायमै छः महन्थ ठाकुर

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संघीयतापछि कैयौँ सरकार फेरिए पनि मधेसी जनतासँगको विभेद र अन्याय कायमै रहेको बताएका छन्। अध्यक्ष ठाकुरले मधेसी जनतासँगको विभेद अन्त्य नभएसम्म आफूहरूको संघर्ष जारी रहने बताए। जिरोमाइल युवा कमिटीको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा शनिबार अध्यक्ष ठाकुरले संविधानमा गरिएको विभेद अन्त्य नभएसम्म सडक र सदन दुवैबाट संघर्ष […]