मधेसी संस्कृति बोकेको पूर्वदेखि पश्चिमसम्मको सम्पूर्ण भू–भाग मधेस हो : अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले प्रदेशको नामकरण मधेस भएपछि खुसी व्यक्त गरेका छन् । सोमबार जनकपुरधाममा लोसपाले आयोजना गरेको अगुवा नेता कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ठाकुरले मधेस नामकरणबाट इतिहास रचेको बताएका हुन् ।उनले मधेस ८ वटा जिल्लामा सीमित नभएको समेत बताए । उनले भने, ‘ मधेसी संस्कृति बोकेका पूर्वदेखि पश्चिमसम्मको सम्पूर्ण भू–भाग मधेस हो ।’ उनले अघि थप्दै भने, ‘मधेस ८ जिल्लामा मात्रै सीमित रहेको भनेर बुझ्नु हुँदैन, ‘पूर्वदे