अष्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेशन (CSIRO) का वैज्ञानिकले दुर्लभ माछाको प्रजाति पत्ता लगाएका छन् । हिँड्न सक्नु यो माछाको विशेषता हो । यसको नाम ‘पिंक ह्याण्डफिस’ हो । यो माछा करिब २२ वर्षअगाडि तस्मानियाको तटमा सन् १९९९ मा देखिएको थियो । यो माछा एक सय वर्षअगाडि पहिलोपटक भेटिएको थियो । त्यसपछि अहिलेसम्म पाँचौँ पटक भेटिएको छ । के हो ह्याण्डफिस ? यो माछाको प्रजाति एंगलरफिस समूहमा पर्छ । यो आकारमा सानो हुन्छ । यसको स–साना हातहरु हुन्छन्