काठमाडौं । संसद बाहिर रहेका साना ४ कम्युनिष्ट पार्टीहरूले कार्यगत एकतालाई संयुक्त मोर्चाको तहसम्म विकास गर्ने निर्णय गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहितका ४ कम्युनिष्ट पार्टीले राष्ट्रियता, जनअधिकार र जनजीविकाका एजेण्डामा संघर्ष गर्ने भएका छन् । आइतबार बसेको बैठकले भोलि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने नेकपाका प्रवक्ता प्रकाण्डले जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टीका महासचिव […]