लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले सरकारसँग लघुवित्तीय संस्थाहरू खारेज गर्न माग गरेको छ ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले सरकारसँग यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्तीय संस्था र नेपाल बैंकर्स संघले आर्थिक र समाजिक रुपान्तरणको नाममा जनतालाई शोषण गरेको आरोप लगाए ।उनले लघुवित्त संस्थाहरूले राष्ट्र […]

सम्बन्धित सामग्री

लघुवित्तपीडित: सडकमा खाना, सडकमै छाना (तस्बिरहरु)

उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन्। आफ्ना माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ।...

लघुवित्तपीडितहरूले माइतीघरमा थाले अनशन (भिडिओ)

काठमाडौं । लघुवित्त संस्थाहरूले ज्यादती गरेको भन्दै पीडितहरूले काठमाडौंमा अनशन थालेका छन् । लघुवित्तहरूले गरिब जनतालाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा मंगलबारबाट माइतीघरमा रिले अनशन सुरू गरिएको हो । उनीहरूले लघुवित्तलाई नव सामन्तीको संज्ञा दिँदै त्यस्ता संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निशुल्क ऋण […]

सुदखोरभन्दा चर्का लघुवित्त

ग्रामीण भेगमा विपन्न र सीमान्तकृत वर्गमा वित्तीय पहुँच विस्तार गर्दै आयआर्जन वृद्धि गर्ने मुख्य उद्देश्यबाट लघुवित्त वित्तीय संस्था विचलित हुँदा उनीहरूविरुद्ध चर्का स्वर उठ्न थालेका छन् । चुनावका मुखमा राजनीतिक दल र तिनका नेता–कार्यकर्ता जिल्ला र गाउँतिर केन्द्रित भइरहँदा लघुवित्त पीडित भने विभिन्न मागसहित ‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ का नाममा काठमाडौंमा जम्मा भएर प्रदर्शन गर्न थालेका छन् ।