काठमाण्डाै – नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै नागरिकताविहीन संघर्ष समितिले धर्ना दिएको छ । शनिबार नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणीकरण गर्नुपर्ने माग गर्दै नागरिकता विहीन संघर्ष समितिले माइतिघर मण्डलामा धर्ना दिएको हो ।
नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भएपनि उहाँले हालसम्म प्रमाणीकरण गर्नुभएको छैन । संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफूहरु नेपाली नागरिकताविहीन हुँदा अनेकौँ सास्ती ...