राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी ओलीको प्रतिगमनका विरुद्ध संघर्ष गर्नु आजको मुख्य आवश्यकता भएको बताएको छ। सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा शनिबार बसेको बैठकले ओलीको प्रतिगमनका विरुद्ध राजनैतिक तथा कानुनी संघर्ष अगाडि बढाउन जोड समेत दिएको छ । बैठकपछि जारी विज्ञप्तिमा प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संसद विघटनको कार्य गणतन्त्र, संविधान र जनताका अधिकारका विरुद्ध रहेको उल्लेख गरिएको छ । ‘ओलीलाई संसदले पहिले पनि विश्वासको मत दिएको थिएन । अर्