सत्ता गठबन्धनलाई केपी ओलीको प्रश्न : ‘एमसीसी बिर्सिनुभएको हो ? मैले त कतै कार्यक्रममा देखिनँ’ (भिडिओसहित)

काठमाडौं, २६ साउन । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तापक्षीय गबन्धनले ल्याएको साझा न्यूनतम कार्यक्रममा ‘एमसीसी’ बारे केही उल्लेख नगरेको भन्दै कडा टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सत्ताक्षीय गठबन्धनले ल्याएको कार्यक्रममा साना र मसिना कुरामात्रै राखिएको बताए । उनले भने,‘एमसीसीको […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगलाई केपी ओलीको प्रश्न- मतदाता पत्रकाे रङ किन हरियो राख्ने ?

काठमाडौं, २४ फागुन: एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रकाे रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताए । ‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार […]

निर्वाचन आयोगलाई केपी ओलीको प्रश्न- मतदाता पत्रकाे रङ किन हरियो राख्ने ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रकाे रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताए । ‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार […] The post निर्वाचन आयोगलाई केपी ओलीको प्रश्न- मतदाता पत्रकाे रङ किन हरियो राख्ने ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

देउवालाई ओलीको प्रश्न : एमसीसी बिर्सिनुभयो ? साझा कार्यक्रममा देख्दिनँ त !

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कसरी अगाडि बढाउनुहुन्छ? भनेर प्रश्न गरेका छन्। प्रतिनिधिसभाको बैठकमा मंगलबार बोल्दै ओलीले भने, 'न्युनतम साझा कार्यक्रममा नेपाली कांग्रेसको अनुहार कतै छैन। नीतिमा छैन। कार्यक्रममा छैन। एमसीसीको कुरा गर्नुभएको थियो। साझा कार्यक्रममा छैन। बिर्सिनुभएको कि के हो? मैले त देखिन! छैन त खै?'देउवाले एमसीसी अघि बढाउन आफूले बोलेको  क्लिप खोजे

देउवालाई ओलीको प्रश्न : एमसीसी गर्नुभएको थियो तपाईंहरूले, बिर्सिनुभो क्या हो ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अमेरिकी सहयोगको एमसीसी परियोजनाबारे सरकारको जवाफ खोजेका छन् । मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे धारणा सार्वजनिक गर्नुपर्ने बताए । ‘एमसीसी गर्नुभएको थियो तपाईंहरूले । एमसीसीबारे साझा न्युनतम कार्यक्रममा केही छैन । एमसीसी बिर्सिनुभो क्या हो ? मैले त देखिनँ कतै,’ ओलीले भने, ‘जनताले जान्न चाहेका छन् – के गर्नुहुन्छ एमसीसी ? तपाईंको बहुमतको सबल जत्थाले के भ...

माधव नेपाल पक्षलाई ओलीको प्रश्न– पवित्र गौदान गर्न कुदेको हो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई दलीय अनुशासन तोडेको आरोप लगाएका छन् ।आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दलीय अनुशासन तोडेर अर्को दलका नेतालाई प्रधानमन्त्री बनाउनका निम्ति समर्थन गरेको आरोप माधव नेपाल पक्षमाथि लगाएका हुन् ।उनले प्रश्न गरे, ‘बिकेर आफ्नो दलको प्रधानमन्त्री हटाउने र विपक्षी दलको प्रधानमन्त्री बनाउन भनेर कुदेको छ, के पवित्र गौदान गर्न कुदेको हो ?’उनले विघटिन प्रतिनिधिसभाको गणित उपयुक्त हुन नसकेको पनि बताए । ‘मैले पहिला प

प्रधानमन्त्री ओलीको प्रश्न : अरुले जनता रुवाए, मैले हसाउँदा किन पिर ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले रुवाएका जनतालाई आफूले हँसाएको दाबी गर्नुभएको छ । ओली नेतृत्वको नेकपा प्रदेश नं १ का कार्यकर्ताको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्नुभयो । आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, ‘मैले हँसाएँ भनेर किन पीर ? नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर ? रुवाउन खोजेका थियौ । सक्दैनौ। दिइने छैन ।’ प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताउनुभयो । ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाउँदै उहाँले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताउनुभयो । उहाँले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको ? भनी प्रश्न गर्नुभयो । अध्यक्ष ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले शुक्रबार मात्रै सार्वजनिक गरेको ‘नागरिक एप्स’ले आधुनिक नेपाललाई अगाडि बढाउने र सुशासन वृद्धितर्फ यसले काम गर्ने जनाउनुभयो । कार्यक्रममा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले ओली नेतृत्वको नेकपाले नै आधिकारिकता र सूर्य चिन्ह पाउने भएकाले ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।