काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रहरीलाई निरीह बनाएर सडकमा पठाएको टिप्पणी गरेका छन्।काजी कालु पाँडेको समाधि स्थलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले हिजो (आइतबार) एमसिसीको विरोधमा देखिएको प्रदर्शनलाई लिएर यस्तो टिप्पणी गरेका हुन्। 'एकथरीले प्रहरी पठाउँछ सडकमा केही पनि नगर्नु भनेर, मैले गृहमन्त्रीलाई सोधेँ, के आदेश थियो? काँचो ढुंगा र पाकेको इँटा मात्रै हान्ने आदेश थियो ? ओलीले भने, ‘उहाँहरु देशप्रति जिम्मेवार भइराख्नु भएको छैन।’उनले क्रान्तिकारी भ