अदालतलाई ओलीको प्रश्न : देउवाको माग पुरा भए एमाले सत्ता पक्ष हुने कि प्रतिपक्षी दल हुने ?

प्रधानमन्त्री केपी शर्मा ओली विपक्षीको माग पूरा भयो भने एमाले सत्तापक्ष हुने वा प्रमुख प्रतिपक्षी दल हुने ? भन्दै प्रश्न गरेका छन् ।  ‘नेपालको संविधानले प्रमुख प्रतिपक्षलाई शासन सञ्चालनमा अनिवार्य गरेको छ र प्रमुख विपक्षी दलको नेतालाई विभिन्न संवैधानिक भूमिका प्रदान गरिएको छ । कथंकदाचित् रिट निवेदकहरूले माग गरे बमोजिम श्री शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो भने रिट निवेदक मध्येका नेकपा (एमाले) र जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य कुन दलको हुनुहुन्छ ? मैले नेतृत्व गरेको नेकपा

सम्बन्धित सामग्री

संसद्‌मा सत्ता पक्ष निरीह, प्रतिपक्ष हावी

काठमाडौं, जेठ १४ । प्रतिनिधिसभामा प्रतिपक्षी हावी हुँदा सत्ता पक्ष निरीह बन्दै गएको छ । सदन सञ्चालनका लागि प्रधानमन्त्रीसहित सत्ता पक्षका नेताहरुले प्रतिपक्षी दलका नेतामाथि लागेको भ्रष्टाचारको आरोपसम्बन्धी रेकर्ड हटाउनुपरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जलहरी र स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्ने नेकपा (माओवादी केन्द्र) […]

नीति कार्यक्रमलाई सत्ता पक्ष आफैले समर्थन गरेन: एमाले

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम देशका समस्याप्रति बेखबर रहेको टिप्पणी गरेको छ। संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नीति कार्यक्रममा कुनै नयाँ कुरा नभएको दाबी गरेका हुन्। मंगलबार सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा […]

स्थानीय चुनावबारे सुवास नेम्वाङको प्रतिक्रिया– अब यसलाई नाकको कुरा बनाउनुहुँदैन

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जेठभित्र चुनाव गर्न सत्ता गठबन्धन सहमत हुनु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । जेठभित्र चुनाव गर्न सत्ता पक्ष सहमत भएकोबारे प्रतिक्रिया दिँदै नेम्वाङले भने, ‘चुनाव हुने कुरामा खुसी मान्नुपर्छ, यसमा विवाद छैन ।’तथापि स्थानीय चुनावका लागि ऐन संशोधन गरिराख्नुपर्ने आफूले नदेखेको नेम्वाङको प्रतिक्रिया छ । जेठ ५ भित्रै चुनाव गरेको भए राम्रो हुने बताउँदै नेम्वाङले अब यसलाई प्रतिष्ठा (नाक) को विषय बनाउन नहुने बताए ।&nbs

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले नजाने भएको छ । संसदमा भइरहेको अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो। तर, आफूहरु सत्ता पक्ष र प्रतिपक्षको भूमिकामा हुने खालका बैठकमा मात्रै सहभागी हुने र अरु बैठकमा सहभागी नहुने एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।  एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीलाई समेत बोलाइएको भन्दै एमाले बैठकमा सहभागी नहुने भएको हो । एमालेलाई असंवैध...