प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अमेरिकी सहयोगको एमसीसी परियोजनाबारे सरकारको जवाफ खोजेका छन् ।
मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे धारणा सार्वजनिक गर्नुपर्ने बताए ।
‘एमसीसी गर्नुभएको थियो तपाईंहरूले । एमसीसीबारे साझा न्युनतम कार्यक्रममा केही छैन । एमसीसी बिर्सिनुभो क्या हो ? मैले त देखिनँ कतै,’ ओलीले भने, ‘जनताले जान्न चाहेका छन् – के गर्नुहुन्छ एमसीसी ? तपाईंको बहुमतको सबल जत्थाले के भ...