माया विक, कविता विष्ट (कैलाली), निर्मला पन्त (कञ्चनपुर), सम्झना कामी (बझाङ), भागरथी भट्ट (बैतडी) । बलात्कारपछि मारिएका यी हतभागी पात्रहरू तीन वर्षयता एक्लो सुदूरपश्चिमको मात्रै तथ्यांकका नाम हुन् । यसमा थपिने अर्की पात्र केही दिनअघि कैलालीमा आफ्नै बुबाबाट बलात्कारपछि मारिएकी १० वर्षीया बालिका पनि हुन् जसको नाम सार्वजनिक भएको छैन (हुनु जरुरी पनि छैन) । उसो त उनका बलात्कारी र हत्यारा बाबुकै नाम पनि सार्वजनिक गरिएको छैन ।