धितोपत्र कसुरको छानविन प्रहरीलाई दिने विधेयक प्रतिनिधिसभामा

काठमाडौं । धितोपत्रसम्बन्धी ऐन २०६३ मा भएका केही व्यवस्था संशोधन गरी धितोपत्र बजारमा हुने भित्री कारोबार, कृत्रिम कारोबार, जालसाजीयुक्त कारोबारलगायत कसुरको छानविन गर्ने जिम्मा नेपाल प्रहरीलाई दिने विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । अहिलेसम्म त्यस्तो कसुरको छानविन धितोपत्र बोर्डले गर्दै आएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबवहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा पेश गरेका हुन् । अघिल्लो प्रतिनिधिसभाले पारित गरिसकेको उक्त विधेयक राष्ट्रियसभाको बैठक बस्न नसक्दा निर्णयमा पुग्न पाएको थिएन । अहिले उक्त विधेयक पुन: प्रतिनिधिसभामा दर्ता गरिएको छ । दुवै सदनले पास नगरेका कारण प्रस्ताव निष्क्रिय भइसकेकाले पुन: प्रतिनिधिसभामा पेश गरिएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेर राष्ट्रपतिले लालमोहर लगाएपछि संशोधनले कानूनी मान्यता पाउँछ ।   मन्त्रालयले विधेयकमा समावेश भएको धितोपत्रसम्बन्धी ऐन २०६३ को संशोधनमा धितोपत्र बोर्डको केही अधिकार कटौती गरी प्रहरीलाई दिने प्रावधान राखेको हो । संशोधित ऐनमा धितोपत्र ऐनको दफा ९१, ९४, ९५, ९६, ९७, ९८, ९९ वा १०० बमोजिम कुनै पनि कसुर गरेको भनी बोर्डमा उजुरी परेमा बोर्ड अध्यक्षले तत्काल बोर्डको अधिकृतस्तरको कर्मचारीमार्फत उजुरीमा प्रारम्भिक जाँचबुझ गराउने प्रावधान छ । यसरी जाँचबुझ गर्दा उल्लेखित कसुर गरेको देखिएमा त्यस्तो कसुरमा अनुसन्धान गर्न उजुरी, संकलित विवरण तथा प्रमाण सहितको मिसिल कागजात ३० दिनभित्र प्रहरी प्रधान कार्यालयमा पठाउनुपर्ने भनिएको छ । संशोधन प्रस्तावमा बोर्डले तोकेको अनुसन्धान अधिकृतबाट धितोपत्र ऐनको दफा १०३ को उपदफा ३ बमोजिम तोकिएको अवधिभित्रै कुनै पनि निर्णय नभएमा त्यस्तो उजुरीको अनुसन्धान पनि प्रहरीले नै गर्नुपर्ने भनिएको छ । बोर्डका एक उच्च अधिकारीले संशोधन प्रस्तावमा बोर्डले मन्त्रालयलाई दिएका अधिकांश सुझाव समेटिएको बताए । ती अधिकारीका अनुसार बोर्डको लक्ष्य नै ऐनलाई बलियो बनाएर एन्टी मनी लाउन्डरिङ (एएमएल) सेफ्टी प्रोटोकल पास गर्नु रहेकाले सरकारले विभिन्न मन्त्रालयका साथै अन्य निकायसँग छलफल गरी प्रतिनिधिसभामा पेश गरेको संशोधनप्रति बोर्ड सकारात्मक छ । शेयर बजारका जानकार तथा विश्लेषक मुक्ति अर्याल धितोपत्र कसुरको छानविन गर्ने जिम्मेवारी प्रहरीलाई दिने गरी संसद्मा दर्ता भएको विधेयक गलत भएको बताउँछन् । ‘धितोपत्र बोर्डको अधिकार खोसेर प्रहरीलाई दिँदा बोर्डको नियामकीय क्षमता झनै कमजोर हुने भएकाले भविष्यमा बोर्डसँग कोही पनि नडराउने अवस्था सृजना हुन सक्छ,’ उनले भने, ‘बोर्डमा १० कित्तामात्र शेयर भएको लगानीकर्ताविरूद्ध कसैले उजुरी दियो भने पनि पुलिस केस हुन्छ, जसले गर्दा निर्दोष लगानीकर्ता पनि अप्ठ्यारोमा पर्न सक्छन् । त्यसैले यो संशोधन गलत छ ।’ प्रहरीले धितोपत्र कसुरको अनुसन्धानमा सहयोग गर्न सक्ने तर प्रहरीले नै अनुसन्धान गर्ने प्रावधान भारत, अमेरिका, बेलायत जस्ता विकसित मुलुकको पूँजी बजारमा समेत नभएको उनले बताए । धितोपत्र कसुरको अनुसन्धान गर्न प्रहरीसँग भएको स्रोत र विज्ञताले सम्भव नहुने अर्यालको भनाइ छ ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री प्रधानले प्रतिनिधिसभामा दर्ता गराएको विधेयकमा धितोपत्र ऐनसहित २० ओटा अन्य ऐन संशोधन गर्ने प्रस्ताव छ । उक्त विधेयकमार्फत निकासी पैठारी (नियन्त्रण) ऐन २०१३, पानी जहाज दर्ता ऐन २०२९, मालपोत ऐन २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, नेपाल राष्ट्र बैंक ऐन २०५८, दामासाहीसम्बन्धी ऐन २०६३, धितोपत्रसम्बन्धी ऐन २०६३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४, कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७०, पारस्परिक कानूनी सहायता ऐन २०७०, संगठित अपराध निवारण ऐन २०७०, विद्युत् नियमन आयोग ऐन २०७४, मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, सहकारी ऐन २०७४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ र बीमा ऐन २०७९ संशोधन गर्न खोजिएको हो ।

सम्बन्धित सामग्री

संसदीय छानविन समितिले सभामुखलाई प्रतिवेदन बुझायाे

चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले आज सभामुखलाई आफ्नो प्रतिवेदन बुझाएको छ।...

संसदीय विशेष छानविन समितिद्वारा प्रतिवेदन तयार

अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ।...

छानविन समितिले तत्कालीन अर्थमन्त्री शर्मासँग बयान लिने

अनाधिकृत र बाहिरका व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्सीय संसदीय छानविन समिति गठन गरिएको थियो।...

अर्थमन्त्री शर्मामाथि छानविन गर्न बनेको समितिमा को-को छन् ?

अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको छ । प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले छानविन टोलीको नाम प्रस्तुत गरेका छन् ।संसदीय छानविन विशेष समितिमा विभिन्न दलका तर्फबाट रहेका सांसदहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।जेठ १५ गते अर्थमन्त्रीबाट टेबुल भएको विनियोजन विधेयकमा अनाधिकृत व्यक्तिले करको दरमा हेर

प्रश्न पत्र हुबहु सम्बन्धमा त्रिविद्धारा छानविन समिति गठन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानविन समिति गठन गरेको छ । रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरिएको छ । रजिष्ट्रार प्रा डा दाहालले छानविन समितिले एक […]

हुबहु प्रश्नका सम्बन्धमा त्रिविले छानविन गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्रा डा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताए । मानविकी सङ्कायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहो¥याएको थियो । “के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा हामी छानविन गर्दछौँ”, उनले भने, “भविष्यमा

हुबहु प्रश्नका सम्बन्धमा त्रिविले छानविन गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ। त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्राडा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताइन्।...

आफैँ अस्तायो इस्माको छानविन समिति

गुल्मी : जिल्लाको इश्मामा कर्मचारीहरुले कार्यालय समयभन्दा बाहिर काम गरी घण्टाको आधारमा प्रोत्साहन भत्ता लिएको विषयमा छानविन गर्न बनेको समिति आफैँ अस्ताएको छ।गत साउन २५ गते गाउँपालिकाले गठन गरेको छानविन समितिले सात महिना बित्न लाग्दासमेत केही छानविन गर्न सकेको छैन।वास्तविक काम गरेको भन्दा धेरै समयको पारिश्रमिक लिएको गुनासो आएपछि छानविन समिति बनेको थियो।गाउँपालिकाको लेखा समितिका संयोजक भोला सिंह थापाको संयोजकत्वमा वडा नम्वर ३ र ४ का वडा अध्यक्षले सहजीकरण गर्ने गरी बनेको समितिले केही पनि काम नगरेको

चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानविन हुने

सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानविन गरिने भएको छ । छुटको चामल बिक्रीमा भएको अनियमितता छानविन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले छानविन टोली आज जिल्ला आउने जानकारी दिए । सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको चामल, पिठो, दाल, नून, चिनी खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने निर्ण

बालुवाटार जग्गा प्रकरण र क्यान्टोनमेन्ट घोटला छानविन गर्न कोमल ओलीको माग

राष्ट्रियसभा सदस्य कोमल ओलीले वाइडबडी विमान, ओम्नी घोटाला प्रकरणको छानविन गर्न माग गरेकी छिन् । उनले भ्रष्टाचारबारे धेरै भाषण भएको उल्लेख गर्दै निष्पक्ष छानविन गर्न आग्रह गरिन् । उनले भनिन्–‘वाइडबडी छानविन गरौं, अरुण थर्डको छानविन गरौं, टनकपुरको छानविन गरौं, बालुवाटारको छानविन गरौं, ओम्नीको छानविन गरौँ, आयल निगमको जग्गा अनियमितताको पनि छानविन गरौँ, क्यान्टोनमेन्टको घोटालाको पनि छानविन गरौं । ठुला–ठुला क्यान्टोनमेन्टको पनि छानविन गरौं । १ सय ६५ सांसदको समर्थन पाएको छ छानविन