गृहले दियो ल्होत्से मलको मोबाइल पसल लुटपाट भएको घटना छानविन गर्न प्रहरीलाई निर्देशन

काठमाडौं, २ फागुन। गृह मन्त्रालयले आज नेपाल प्रहरीलाई सोमबार नयाँ बसपार्कस्थित ल्होत्से मलको मोबाइल पसल लुटपाट/तोडफोड भएको घटनाको छानविन गर्न निर्देशन दिएको छ। गृहसचिव विनोद प्रकाश सिंहले टेलिफोन गरी प्रहरी आइजिपी धिरजप्रताप सिंहलाई उक्त निर्देशन दिएका हुन्। यातायात मजदुरले सोमबार गरेको विरोध प्रदर्शनका क्रममा ल्होत्से महलमा तोडफोड/लुटपाट भएको थियो। मोबाइल व्यवसायीले घटनामा ८देखि १०करोड रुपैयाँको क्षति भएको दाबी गरेका छन्।