काठमाडौं, २२ भदौ । ताप्लेजुङमा लाखेजात्रा समापनको दिन प्रहरीहरुले मादक पदार्थ सेवन गरी नेता तथा कार्यकर्तामाथि कुटपिट र दुर्व्यबहार गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको छानविन गरी संलग्न दोषी प्रहरीलाई निलम्वन र कडाभन्दा कडा कार्वाही गर्न माग गरेका छन् । […]