कञ्चनपुरबाट प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : निर्मलाको हत्यारा चाँडो पत्ता लगाई कारबाही गर्नू

कञ्चनपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा पुगेर निर्मला पन्त हत्याको सत्यतथ्य छानविन गरी हत्यारालाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्।सोमबार दैजीमा छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन्।‘बैतडीकी भागरथी भट्टको विभत्स हत्याको घटनामा प्रहरीले सफल अनुसन्धान गरेकोमा प्रहरीलाई धन्यवाद दिन चाहन्छु’, ओलीले भने, ‘अब निर्मला पन्तका बलात्कारी र हत्यारालाई पनि छिट्टै कानुनको दायरामा ल्याउने काम गर्नुस्।&r