स्वतः पदमुक्त भइसकेका मनाङेले मुख्यमन्त्रीलाई बुझाए मन्त्री पदको राजीनामा

पोखराः गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीबाट स्वतः पदमुक्त भइसकेका राजीव गुरुङ (दीपक मनाङ) ले राजीनामा दिएका छन्। पदमुक्त भइसकेका मनाङेले कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मन्त्री पदको राजीनामा बुझाएका हुन्।  विश्वासको मत प्राप्त गर्न नसकेर मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै मन्त्रिपरिषदका अन्य सदस्यहरु पनि स्वतः पदमुक्त भइसकेका छन्। संविधानको धारा १६९(२) मा…

सम्बन्धित सामग्री

अन्य दलका मन्त्री हटाउने मुख्यमन्त्री राउतको तयारी

जनकपुरधाम – संघीय सरकारमा जनता समाजवादी पार्टीबाट मन्त्री बनेका चार जनालाई पदमुक्त गरेपछि मधेस प्रदेशमा जसपाले अन्य दलका मन्त्रीलाई पदमुक्त गर्ने तयारी गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले सत्ता गठबन्धनका मन्त्रीहरुलाई फोनमार्फत राजीनामा दिन आग्रह गरेका हुन्। संघ सरकारबाट आफ्ना पार्टीका मन्त्रीहरुलाई हटाइएपछि राउतले प्रदेशका मन्त्रीहरुलाई फोन गरेर राजीनामा दिन आग्रह गरेको बताइएको छ। राजीनामा नदिइए […]

यस्ताे छ प्रदेश २ का वनमन्त्री यादवलाई पदमुक्त गर्नुकाे भित्री कारण

जनकपुरधाम, १ मंसिर : प्रदेश २ का निवर्तमान उद्योग, पर्यटन वनमन्त्री रामनरेश राय यादव मुख्यमन्त्री लालबाबु राउतविरुद्ध खनिएका छन् । साइकल खरिद प्रकरणमा अनियमितताको खबर सार्वजनिक भएपछि मुख्यमन्त्रीको राजीनामा माग गर्दा उल्टै आफूलाई पदमुक्त गरिएको उनको गुनासो छ । मुख्यमन्त्रीलाई मन्त्री हेरफेर गर्ने अधिकार भए पनि पार्टीको निर्णयबिनै आफूलाई हटाइएको भन्दै उनले आक्रोश पोखे । […]

प्रदेश २ का उद्योगमन्त्री रामनरेश राय पदमुक्त

प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री रायलाई मंगलबार पदमुक्त गरेका हुन् ।तत्कालका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार मुख्यमन्त्री राउत आफैले सम्हालेका छन् । मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न आफ्नै पार्टीबाट मन्त्री बनेका रायलाई पदमुक्त गरेका हुन् ।उनले यसअघि मन्त्री रायलाई राजीनामाका लागि निर्देशन दिएका थिए । तर राजीनामा

लुम्बिनीका जसपाका थप दुई मन्त्री पनि राजीनामा दिने तयारीमा

बुटवल।लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिने भएका छन्।प्रदेश सरकारमा सहभागी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग,वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन्।यसअघि नै भाैतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेले राजीनामा दिएका थिए।उनीहरु तिनैजनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक-पटक पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ।

लुम्बिनीका तीन सांसद पदमुक्त !

काठमाण्डाै – लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त भएका छन् । प्रदेश सभा सचिवालयले आज शुक्रवार सूचना निकालेर जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएका जानकारी गराएको हो ।जसपा केन्द्रीय कार्यालयको निर्णयअनुसार तीन वटा पद मुक्त भएको प्रदेश सभा सचिवालयले जनाएको छ । उनीहरू तीनै जना मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारमा मन्त्री हुन् । उनीहरूलाई जसपाले मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएको थियो । पार्टीको निर्देशन नमानेको र प्र...

नैतिकताको कारण देखाउँदै गण्डकीका खेलकुदमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौं। गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले राजीनामा दिएका छन्। बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि स्वतः पदमुक्त भएका छन्। त्यसपछि नैतिकताको आधारमा मन्त्री रहन नहुने भन्दै खेलकुदमन्त्री मनाङेले राजीनामा बुझाएका हुन्। उनले राजीनामा पत्रमा भनेका छन्, “प्रदेशसभा विघटनको संघारमा पुग्न लागेकाले संसद बचाउन उपयुक्त हुन्छ। त्यसैले विपक्षी गठबन्धनमा सामेल भई वैकल्पिक सरकारमा निर्माणमा लाग्नेछु।”

गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङले दिए राजीनामा

काठमाडौं : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् ।बिहीबार संसदमा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन्। उनले बिहीबारबाटै लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको बताएका छन्।उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको बताएका छन्।राजीनामा पत्रमा उनले आफू बिहीबारको संसद् बैठकमा अनुपस्थित हुनुको कारण पनि खुलाएका छन्। जसमा उनले विपक्षी गठबन्धनको नेतृत्वमा वैकल्पिक

पहिले नै राजीनामा दिन गएको थिएँ, तर प्रचण्डले रोके : अमिक शेरचन

काठमाडौं : गण्डकी प्रदेशबाट पदमुक्त भएका अमिक शेरचनले आफूलाई अनिच्छा भएपनि पदमा बसिरहनु परेको बताएका छन्।सोमबार बसेको मन्त्री परिषद् बैठकले पदमुक्त गरेपछि पोखरमा पत्रकार सम्मेलन गर्दै शेरचनले भने, 'म पहिले नै राजीनामा बुझाउन गएको थिएँ, त्यसबेला प्रचण्डले रोक्नुभयो।'अनिच्छा हुँदाहुँदै पनि पदमा बस्न बाध्य भएको उनले बताए। आफूलाई पहिला प्रमुखको पदमा प्रचण्डले पठाएको नभएर साविक नेकपाले पठाएको शेरचनले उल्लेख गरे।'मैले संविधानलाई हेरेर मात्रै काम गरेँ, त्यसैले मलाई प्रदेश सरक

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराद्वारा राजीनामा, ओली पक्षमा खुले

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । नेकपा विभाजनको विवादबीच प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व रहेको प्रदेश सरकारबाट बोहराले राजीनामा दिएका हुन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहराले राजीनामा दिएको जानकारी दिए । उनी प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपामा खुलेका छन् । ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले यसअघि नै पदमुक्त गरेका थिए ।