सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराद्वारा राजीनामा, ओली पक्षमा खुले

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । नेकपा विभाजनको विवादबीच प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व रहेको प्रदेश सरकारबाट बोहराले राजीनामा दिएका हुन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहराले राजीनामा दिएको जानकारी दिए । उनी प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपामा खुलेका छन् । ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले यसअघि नै पदमुक्त गरेका थिए ।

सम्बन्धित सामग्री

जलवायुु परिवर्तनको असर हिमालमा धेरै : मन्त्री आलेमगर

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर आलेमगरले जलवायुु परिवर्तनको असर हिमाललाई परेको बताउनुुभएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा आयोजित आठौँ पर्वतीय महोत्सवको समापन समारोहमा उहाँले नेपालको परिचय नै हिमालसँग जोडिएको र जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परिरहेको बताउनुुभयो । जलवायु परिवर्तनमा नेपालको दोष नभए पनि त्यसको प्रतिकूलताको असर भोग्नुपरेको उल्लेख …

बजेटमाथि छलफल गर्नै सकस

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि अहिलेसम्म छलफल नै हुन सकेको छैन।...

कर्णालीका आर्थिक मामिला मन्त्री विष्ट अस्वस्थ, मेडिसिटीमा उपचार हुँदै

काठमाडौँ। कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट अस्वस्थ भएका छन्। उनलाई आज बिहान उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पतालमा ल्याइएको छ। विष्ट फोक्सो र घाँटीको समस्याबाट पीडित छन्। बजेट निर्माणको बेलादेखि नै अस्वस्थ थिए।

बजेट काटिदिएको गुनासो लिएर सुदूरपश्चिमका मन्त्री काठमाडौंमा

१२ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुगेका छन् । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले काटिदिएको भन्दै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताको ध्यानाकर्षण गराउन बोहरा काठमाडौं पुगेका […]

जानकारी नदिएरै हटाएको सुदूरपश्चिमका आर्थिक मामिला मन्त्रीको गुनासो

धनगढी । सुदूरपश्चिम प्रदेशका नेकपा एकीकृत समाजवादीका तत्कालीन आर्थिक मामिला मन्त्री तारा लामा तामाङले मन्त्रिपरिषद् हेरफेरमा असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् हेरफेर गर्दा गठबन्धनमा आबद्ध नेपाली काँग्रेसले समेत आफूले जिम्मेवारी सम्हालिरहेको मन्त्रालय मागेको अवस्थामा जानकारी समेत नदिएर विना कारण पदबाट हटाइएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा, ‘सुदूरपश्चिम प्रदेश सरकारको […]

सुदूरपश्चिम प्रदेशमा दुई मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थप दुई मन्त्री नियुक्त गरेका छन् । शुक्रबार मुख्यमन्त्री भट्टले नेकपा एकीकृत समाजवादीका दुईजना सांसदलाई मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री भट्टले एकीकृत समाजवादीका तारा लामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहोरालाई अर्थ राज्यमन्त्री नियुक्त गरेका हुन् ।नवनियुक्त दुवै मन्त्रीले शुक्रबारै पद तथा गोपनीयताको सपथ लिएका छन् । तारा लामा तामाङ तत्कालीन नेकपा कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद चुनिएका ह

बजेट विकास र उत्पादनमुखी : आर्थिक मामिला मन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट विकास र उत्पादनमुखी आएको बताएका छन् ।प्रदेश सभामा आर्थिक वर्ष २०७८\०७९ को बजेट प्रस्तुत गरेपछि बुधबार पत्रकार सम्मलेन आयोजना गरी मन्त्री शाहले प्रदेश सरकार गठन भएपछि पहिलो पटक विकास र उत्पादनमुखी बजेट आएको बताए । उनले भौतिक पूर्वाधार विकासका लागि ३३ प्रतिशत छुट्याइँदै […]

कर्णाली सरकारको मन्त्रिपरिषद् पुनर्गठन, गोपाल शर्मा बने आर्थिक मामिला मन्त्री

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।  प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीका नेतृत्वमा छ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन  गरेका छन् । नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार तथा शहरी विकास, कुर्मराज शाहीलाई भूमिव्यवस्था, कृषि तथा सहकारी, सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकूद  र गोपाल शर्...

आर्थिक मामिला मन्त्री बोहराद्वारा पदबाट राजीनामा

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् ।आर्थिक मामिला मन्त्री बोहराले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएको जनाएका हुन् । उनले आफ्नो तीन वर्षे कार्यकालमा गरेका कामको विवरण सहितको पाँच पेजको राजीनामा पत्र मुख्यमन्त्री भट्टलाई बुझाएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई धार (केपी […]

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहोराको राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएको जानकारी दिएका हुन् । बोहोरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा खुलेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पनि आर्थिक मामला तथा योजना मन्त्री झपट बहादुर बोहराले राजीनामा दिएको पुष्टि गरे ।नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व  यो प्रदेशमा रहेको