काठमाण्डाै – खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायीरूपमा भए पनि काठमाण्डाैवासीलाई बाह्रै महिना पानी खुवाउने प्रतिबद्धता जनाउनुभएको छ ।
आज शुक्रवार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाण्डाैवासीलाई अस्थायीरूपमा भए पनि पानी खुवाउने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले मेलम्चीको पानीको दीर्घकालीनरूपमा स्थायी समस्या समाधानका लागि एसियाली विकास बैंक (एडीबी) ले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्...