काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । भदौ ९ गतेदेखि लागू हुने गरी भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
राति ८ बजेदेखि सवारीसाधन चलाउन नपाइने नियम भने हटाइएको छ ।
अघिल्लोपटक थपिएको निषेधाज्ञामा अत्यावश्यक सेवा, ढुवानीका सवारीसाधन र उपत्यका प्रवेश गर्ने सवारीसाधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारीसाधनहरू राति ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भनिएको थियो ।
‘पछिल्लो कोरोना संक्रमण दरमा कुनै परिवर्तन आएको छैन, आवतजावतमा पनि नागरिकलाई असहज हुन्छ भन्ने कुरा उठेपछि त्यो...