काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा

काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार जारी गरेको बुलेटिनअनुसार थप तीन जनामा हैजा देखिएको हो ।योसँगै काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ । 

सम्बन्धित सामग्री

थप ४ वटा चार्जिङ स्टेशन बनाउँदै विद्युत प्राधिकरण

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले थप चारवटा वटा विद्युतीय चार्जिङ स्टेशन बनाउने भएको छ । प्राधिकरणले विद्युतीय सवारीको चार्जिङ पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता राखेर काठमाडौं उपत्यकामा दुईवटा र काठमाडौं उपत्यका बाहिर २ वटा गरी थप ४ वटा चार्जिङ स्टेशन बनाउन लागेको हो । प्राधिकरणले गरेको टेन्डर आव्हान अनुसार काठमाडौं उपत्यकामा बल्खु र सामाखुसीमा तथा काठमाडौं उपत्यका […]

हटस्पट बन्दै काठमाडौं, एकै दिन थपिए १४९८ संक्रमित

काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ७५ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन् । आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ ।

सडकमा थुप्रिँदै फोहोर, प्रशोधक मेसिन ६ वर्षदेखि प्रयोगविहीन

काठमाडौं : सडकमा फोहोर थुप्रिँदा अहिलेहाल काठमाडौं उपत्यका थप दुर्गन्धित बनेको छ।फोहोरबाट बिजुली र बायोग्यास निकाल्ने योजना अलपत्र परेको छ भने अर्कातिर १६ वर्षसम्म ल्याण्डफिल साइड निर्माण हुन नसक्दा फोहोर व्यवस्थापनमा हरेक वर्ष समस्या निम्तिने गरेको छ।मनसुन शुरू भएसँगै उपत्यकाको फोहोर अन्तिम विसर्जन केन्द्र पुर्‍याउन नसक्दा पूरै शहर दुर्गन्धित बनेको छ। काठमाडौं उपत्यकामा फोहोरको समस्या यो पहिलो पटक भने होइन। प्रत्येक वर्ष मनसुन शुरू भएसँगै समस्या दोहोरिने गरेको काठमाडौं महानगर

थप खुकुलो बनाएर साउन १० सम्म थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा निषेधाज्ञा अझै खुकुलो पार्दै साउन १० गतेसम्मका लागि थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीवार बसेको बैठकले काठमाडौं उपत्यका प्रवेशलाई केही सहज बनाउने तर निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो । अब आवश्यक काममा काठमाडौं प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई सहजीकरण गर्ने निर्णय भएको छ ।  यसअघि सम्बन्धित जिल्लाबाट सिफारिश लिएर वा अत्यावश्यक काममा मात्र काठमाडौं प्रवेश गर्न पाउने नियम थियो । फिल्म हल, पार्टी प्यालेस लगायतमा यसअघि...

काठमाडौं उपत्यकामा थप १ हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौं उपत्यका थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको  भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । यसअघि असार ७ गतेसम्म  जारी गरिएको...

काठमाडौं उपत्यका जेठ ३१ गतेसम्म निषेधाज्ञा, किराना पसल बिहान ९ बजेसम्म खुला

काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जेठ २१ गतेबाट अत्यावश्यक खाद्यसामग्रीका पसलहरु बिहान ९ बजेसम्म खुला गर्ने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । त्यस्तै, अत्यावश्यक ढुवानीका साधन राति ९ बजेदेखि बिहान ११ बजेसम्म चल्न पाउने निर्णय भएको छ । सार्वजनिक सवारी साधन भने जेठ ३१ गतेसम्म सञ्चालन गर्न नपाइने भएको छ ।

थप कडाइका साथ काठमाडौं उपत्यकामा एक साताका लागि थपियो निषेधाज्ञा

जेठ ११, काठमाडौं । कोभिड ­-१९ संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्षका साथ काठमाडौं उपत्यकामा यही जेठ २० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । थप कडाइका साथ जारी आदेश यही जेठ १४ गते बिहान १ बजेबाट लागू हुनेछ ।  काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहितको मंगलवारको बैठकले आगामी एक साता निषेधाज्ञा लम्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । यसअघिको यही १३ गते राती १२ बजेसम्मका लागि आदेश जारी भएको थियो । यसपाली भने किराना पसल पनि बन्द गरिएको छ । बिहानी बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको छ । उनका अनुसार यसपाली निषेधाज्ञमा अत्यावश्यक खाद्य सामग्री (तरकार, फलफूल, दुध, डेरी, मासु, खानेपानी र ग्याँस) खरीद, विक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । यसअघि विहान १० बजेसम्म खुला गरिएको थियो । अहिले थपिएको समयमा भने खाद्यान्न, किसाना पसल तथा डिपार्टमेन्ट स्टोर्सलगायतका अन्य पसल सञ्चालनमा रोक लगाइएको छ ।  विगतमा उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधको आदेश जारी भएको थियो । अहिले तेस्रो पटक म्याद थप गरेर आदेश लागू गरिएको छ । सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौं उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।  सोही अधिकार प्रयोग गर्दै जारी गरिएको आदेशामा सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुद सञ्चालन गर्न पाइने छैन ।  औषधी, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तिमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ ।  अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । सार्वजनिक एबं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुने छ ।   अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, ईन्धन खाना पकाउने ग्याँस, दुरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन सरफमाईमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा प्रिन्ट तथा सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।  खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, ईन्धन, खाना पकाउने ग्याँस, दुरसञ्चार इन्टरनेट, भेटेरिनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीमा व्यानर राखेर राती ९ देखि बिहान ९ बजेसम्म गाडी सञ्चालन गर्न पाइने छ । तोकिएको तरकारी बजार बाहेकका क्षेत्रमा विक्री बन्द गर्ने र थोक बजारमा फुटकर विक्री गर्न नदिइने आदेशमा भनिएको छ । अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था/संस्थान, बीमालगायतका कार्यालयको सेवा स्थगन गरिएको छ । सरकारी कार्यालय, संस्थान, बैंक, इन्टरनेट सेवा प्रदायक संस्थाको सवारीसाधान  बिहान  ९:३० देखि १०:३० र साँझ ५ देखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैँकको हकमा प्रधान कार्यालयसहित दुई शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ । यसअघि २५ प्रतिशत सम्म जनशक्ति राख्न सकिने व्यवस्था थियो ।  बैंकका गाडी जम्मा दुई मात्रै सञ्चालन गर्न पाइने छ । सबै अनुगमन प्रशासन कार्यालयले गर्ने भनिएको छ । यस्तै सार्वजनिक तथा निजी विकास निर्माणका काम तथा ढुवानीका सबै गतिविधि सञ्चालनमा रोक लाइएको छ । अन्तरराष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, प्रवेशाज्ञा हुनेलाई सिधै विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने जानकारी दिइएको छ । रासस

उपत्यकामा दैनिक १४ करोड लिटर मेलम्चीको पानी

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरू भएसँगै मेलम्चीको पानी आउने परिमाणमा पनि वृद्धि भएको छ । आइतवारदेखि काठमाडौं उपत्यकामा दैनिक १४ करोड लिटर आउन थलेको छ । शनिवारसम्म भने साढे ८ करोड लिटर पानी आइरहेको थियो ।दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गर्ने तयारीको नजिक पुगिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मिलनकुमार शाक्यले जानकारी दिए । ‘आइतवारदेखि सुन्दरीजलबाट थप पानी छाडिएको र उपत्यकाका सातओटा पोखरीहरूमा पानी थपिएको छ,’ शाक्यल

अन्ततः आयो मेलम्ची

मेलम्चीको पानी अन्ततः काठमाडौं उपत्यकामा उपभोक्ताका धारासम्मै आइपुगेको छ। काठमाडौंमा आइतबारदेखि ४ करोड लिटर पानी खानेपानी प्रणालीमा थप भएको छ। यससँगै वर्षौंदेखिको मेलम्ची सपना साकार भएको छ। अब १५ दिनभित्र मेलम्चीको १७ करोड लिटरै पानी वितरण गर्ने तयारी छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाशकुमार राईले सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधित पानी आइतबार दिउँसो महांकाल चौरस्थित ट्यांकीबाट उपभोक्ताका घरमा वितरण गरिएको बताए। पहिलो दिन महांकाल, अनामनगर र बानेश्वरबाट पानी वितरण गरिएको छ। ...