वासिङटन : ‘यो मान्छे सत्तामा हुनु हुँदैन...’ भ्लादिमिर पुटिनका बारेमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेको वाक्यांश अमेरिकी कूटनीतिज्ञहरूका लागि टाउको दुखाइ बनेको छ।अमेरिकी विदेशनीति विज्ञहरूले बाइडेनको यो भनाइले थप तनाव बढाउने अनुमान गरेका छन्। बाइडेनले शनिबार पोल्याण्डको राजधानी वार्सामा पुटिनका बारेमा भनेका थिए, 'यो मानिस सत्तामा रहनु हुँदैन।'बाइडेनको मुखबाट यो भनाइ फुत्किएपछि ह्वाइट हाउसका अधिकारीहरूले यसलाई सच्याउने प्रयासमा लागेका छन्। एक अधिकारीले नाम नछाप्ने शर्त