सरकारी कार्यालय धाउँदा-धाउँदा मेरा जुत्ता फाटेका छन् कागज जम्मा पार्दा-पार्दै मेरा झोला फाटेका छन् मेरो नाम भन्दा भन्दै पनि मानिसहरु चिन्दैनन् मेरो इमान हुँदाहुँदै पनि काम बन्दै बन्दैनन् मेरा नाममा जग्गा पास हुँदैन आयोगले सुकुम्बासी मान्दैन मेरा मान्छे छैनन् रे मेरा मान्छे हैनन् रे मैले कुरा बुझिनँ रे धेरै पढिनँ रे औंलाहरु सिधा भए रे […]