मान्छे मान्छे नै हो, कुनै अरू जात हुँदैन!

बगिरहन्छ नदी, कुनै दिन अनि रात हुँदैन,मान्छे मान्छे नै हो, कुनै अरू जात हुँदैन। थाहा हुँदैन अघाएकालाई भोकाको पीडा, साथी के साथी, जब अप्ठेरोमा साथ हुँदैन।

सम्बन्धित सामग्री

मान्छे मान्छे नै हो, कुनै अरू जात हुँदैन!

बगिरहन्छ नदी, कुनै दिन अनि रात हुँदैन,मान्छे मान्छे नै हो, कुनै अरू जात हुँदैन। थाहा हुँदैन अघाएकालाई भोकाको पीडा, साथी के साथी, जब अप्ठेरोमा साथ हुँदैन।

‘राजनीतिक जात’ र अर्थतन्त्रको उद्धार

अर्जेन्टिनामा हाभियर मिलेईले निर्वाचन जितेका छन् जसले परम्परागत सोच र दृष्टिकोणभन्दा निकै क्रान्तिकारी र चर्का मुद्दा उठाएका छन् । उनले विद्यमान राजनीतिक प्रणाली र सोचविरूद्ध पनि कडा अभिव्यक्ति दिएका छन् । उनले भनेका कुरामध्ये एउटा नेपालको सन्दर्भमा बढी समसामयिक लाग्ने शब्दावली ‘राजनीतिक जात’ हो । उनले राजनीतिमा राजनीतिक जातले निर्वाचनमा पराजय बेहोर्ने बताएका छन् । राजनीतिक जात भनेको कुनै पनि व्यक्ति विद्यार्थी कालदेखि वा लामो समयदेखि राजनीति गरेर आउने व्यक्ति हो । यस्तो राजनीतिक जातको व्यक्तिले परम्परागत सोचभन्दा बाहिर आउन नसक्ने र नयाँ सोचले काम गर्न नसक्ने उनको भनाइ छ । नेपालमा अहिले नेपाली कांगे्रस, नेकपा एमाले, माओवादी केन्द्रका सबैजसो नेता राजनीतिक जातमा स्थापित भइसकेका छन् । राजनीतिमा भर्खर  प्रवेश गरेको व्यक्तिचाहिँ राजनीतिक जात होइन । त्यसैले परिवर्तन चाहने हो भने पार्टीभित्र परम्परागत ‘जात’भन्दा फरक मान्छे आउनुपर्छ । भारतमा नरेन्द्र मोदीको उदय त्यस्तै राजनीतिक जातभन्दा फरक क्षेत्रबाट उदय भएको मान्न सकिन्छ । तर, अहिले उनी पनि जातमा परिणत भएकाले जनताले विकल्प खोज्न थालेको विश्लेषण गरिँदै छ ।  नेपालमै पनि स्थानीय तह तथा संघीय निर्वाचनमा स्वतन्त्र व्यक्ति वा नयाँ राजनीतिक दलका उम्मेदवारको विजय यस्तै हो । कुनै कालखण्डमा नेपाली कांग्रेस पनि जात थिएन । त्यसैले उसले निर्वाचनमा ठूलो विजय प्राप्त गर्‍यो । तर बिस्तारै त्यो पार्टी राजनीतिक जातमा परिणत भयो । पार्टी स्थापनाताका कांग्रेस भनेको परम्पराको विरूद्ध भन्ने थियो । त्यस्तै एमाले, माओवादी केन्द्र पनि राजनीतिक जात थिएनन् । तर, अहिले यी पनि राजनीतिक जात बनिसकेका छन् । २००७ सालको परिवर्तनको नेतृत्व गर्ने नेपाली कांग्रेस निकै विद्रोही थियो । तर, बिस्तारै यसका नेता राजनीतिक जातमा परिणत भए ।  अब हुँदाहुँदा नयाँ काम र कुरा नै गरेको देख्न सकिएको छैन । एमाले होस् वा माओवादी यी पनि ठूला क्रान्तिकारी थिए । तर, अहिले जातमा परिणत भएपछि यिनमा पनि नयाँपन देखिन छाडेको छ । यिनले परम्परालाई पछ्याउने कामभन्दा अरूथोक गर्दैनन् । समाज रूपान्तरण र परिवर्तन तथा प्रगतिका लागि भने नयाँपन हुनुपर्छ र त्यसका लागि नयाँ राजनीतिक शक्ति/व्यक्तिको उदय हुनुपर्छ ।  कृत्रिम बौद्धिकता र इन्टरनेटले अर्थतन्त्रका आधारभूत संरचना र क्रियाकलापमै व्यापक परिवर्तन ल्याइसकेका छन् । त्यसो हुँदा नेपालको अर्थतन्त्रमा सुधार ल्याउन यो पक्ष बुझेको व्यक्ति अर्थतन्त्र र शासनसत्तामा आउन आवश्यक छ । अर्जेन्टिनी नेता मिलेईका अभिव्यक्तिहरू अर्थतन्त्र, राज्यका परम्परागत संरचनामा बिलकुल नयाँ भएकाले संसारभर चर्चाको विषय बनेको छ । उनले अर्जेन्टिनाको आर्थिक संकटको समाधान क्रमश: गर्दै जाने कुराको विरोध गरेका छन् र आमूल परिवर्तनको कुरा उठाएका छन् । त्यसो त नेपालका विद्रोही दल सत्तामा पुग्नुअघि यस्तै आमूल सुधारका कुरा गर्छन् तर तिनीहरूले सुधार गर्नुभन्दा यथास्थितिवादी शक्तिसँग आत्मसमर्पण गरेको पाइन्छ । मिलेई क्रान्तिकारी विचारमा कति अडिग हुन्छन्, त्यो हेर्न बाँकी छ । उनले केन्द्रीय बैंक नचाहिने मात्र होइन, आफ्नो देशको मुद्रा नै अमेरिकी डलरलाई बनाउनेसम्मका अभिव्यक्ति दिएका छन् । परम्परागत व्यापार, अर्थतन्त्र, राजनीतिक स्वतन्त्रता आदिका बारेमा उनका विचार भिन्न खालका छन् ।  नेपालमा पनि यस्तै ठूलो सुधार ल्याउन सक्ने नेतृत्व आवश्यक हुन्छ जुन अहिलेका राजनीतिक दलको नेतृत्वबाट सम्भव छैन । जति बेला महेश आचार्य, रामशरण महत युवा थिए तिनले अर्थतन्त्रको संरचनामा ठूलो परिवर्तन ल्याए । त्यही परिवर्तनको जगमा यतिका समयसम्म अर्थतन्त्र चलिरहेको छ । तर, अब व्यापार र उद्योगको परिभाषा र शैली परिवर्तन भइसकेको छ । अर्थतन्त्रको संरचना र धरातलमा निकै ठूलो अन्तर आइसकेको छ ।  कृत्रिम बौद्धिकता र इन्टरनेटले अर्थतन्त्रका आधारभूत संरचना र क्रियाकलापमै व्यापक परिवर्तन ल्याइसकेका छन् । त्यसो हुँदा नेपालको अर्थतन्त्रमा सुधार ल्याउन यो पक्ष बुझेको व्यक्ति अर्थतन्त्र र शासनसत्तामा आउन आवश्यक छ । २०८४ सालमा हुने आगामी निर्वाचनमा सफलता पाउने दलहरूले यस्तो पक्षलाई विश्लेषण गरेर तयारी गर्दा लाभदायी हुने देखिन्छ । राजनीतिक जात दलभन्दा पनि व्यक्ति हो । त्यसैले दलभित्र पनि नयाँ व्यक्ति आउन सक्छ । मिलेईका अभिव्यक्ति धेरै नेपालीले पढेका छैनन् तर पनि राजनीतिक रूझान भने उनले भनेजस्तै देखिएको छ । मिलेईको अभिव्यक्तिलाई पुष्टि गर्ने कुनै नेतृत्व नेपालमा आउला त ?

रातो छ हामी सबको खुन एउटै त हो मान्छे

रातो छ हामी सबको खुन एउटै त हो मान्छे, लागु होस् समान कानुन एउटै त हो मान्छे। बिनाबोट पात हुन्न र ठूलो-सानो जात हुन्न,दुनियाँले मात्र यति बुझ्नु एउटै त हो मान्छे।...

रातो छ हामी सबको खुन एउटै त हो मान्छे

रातो छ हामी सबको खुन एउटै त हो मान्छे, लागु होस् समान कानुन एउटै त हो मान्छे। बिनाबोट पात हुन्न र ठूलो-सानो जात हुन्न,दुनियाँले मात्र यति बुझ्नु एउटै त हो मान्छे।...

समानताको पहिलो आवाज उठाउने अमर योद्धा

काठमाडौँ – मान्छे मान्छे बिचको भेदभाव आधुनिक र सभ्य समाजका सबैभन्दा ठूलो चुनोति र विकृति बनेको छ। सभ्यताको विकाससँगै मानिसले आफूलाई व्यवस्थित बनाउनकै लागि समाज बनायो। त्यसरी सामाजिक भएको मानिसकै बिचमा ठुलो पर्खाल पनि खडा गरियो। जात, धर्म,वर्ण, वर्ग र देशको सीमाको आधारमा बनेका यसै पर्खाल भत्किएर अहिलेको स्वरूपको समाजमा धेरै जनाको भूमिका छ, जो […]

नवराज विकसहित ६ युवा हत्याको दुई वर्ष, भेरी बगरमा न्यायको खोजी

भेरी नदी सधैँझैँ मंगलबार पनि आफ्नै तालमा सुसाउँदै थियो । तर, बगरमा केही मान्छे न्यायको खोजीमा भौँतारिँदै थिए । उनीहरूले ‘जात–व्यवस्था अन्त्य गर’, ‘जात–व्यवस्था मुर्दावाद’,‘राज्य खोइ ?’जस्ता नारा लेखिएका पम्प्लेट बोकेका थिए ।...

भेरी घटनाको २ वर्ष पूरा : माइतीघरमा ‘भेरी प्रतिरोध मार्च’

काठमाडौं : भेरी घटनाको २ वर्ष पुगेको अवसरमा आज काठमाडौंमा मार्च गरिएको छ। माइतीघरमा युवाले ‘भेरी प्रतिरोध मार्च’ गरेका हुन्। मार्चमा सहभागीहरुले ‘जुन थितिमा जात छ, मान्छे त्यहाँ दास छ’, ‘धर्मको आड लिएर जातको सत्ता बनायौ, जातकै सत्ता पालेर प्रेमको घाँटी समायौ’ लगायतका पर्चा बोकेर प्रदर्शन गरेका थिए। २०७७ साल…

विभेद कुनै जात-समुदायले होइन, व्यक्तिले गर्छ

समाजले मगज बिग्रेको भनिएका उनै मेरा घरबेटी बा जात व्यवस्थाका कट्टर विरोधी थिए। उनीप्रति मेरो सम्मान भाव झन्-झन् बढ्यो। मैले अन्तरमनमा कुरा खेलाएँ- मगज ती घरबेटी बाको बिग्रेको होला कि यो मान्छे-मान्छेबीच भेदभावको संस्कार पाल्ने कथित सद्ये मगजवालाहरुको?

के भ्रूणको जात हुन्छ?

के चाहिँ फरक छ र दलित र गैरदलित कहलिएको मान्छे मान्छेबीचमा। श्वासनली एउटै छ, रक्तनली एउटै छ, रगतको रङ एउटै छ, नाकको ठाउँमा नाक छ, आँखाको ठाउँमा आँखा छ, कानको ठाउँमा कान छ , हात गोडा एउटै छ र सबैभन्दा ठूलो कुरा मान्छे जन्माउने वीर्य र भ्रूण पनि एउटै छ। अब भन्नुस् भ्रूणको के जात हुन्छ? वीर्यको के जात हुन्छ?

के भ्रूणको जात हुन्छ?

के चाहिँ फरक छ र दलित र गैरदलित कहलिएको मान्छे मान्छेबीचमा। श्वासनली एउटै छ, रक्तनली एउटै छ, रगतको रङ एउटै छ, नाकको ठाउँमा नाक छ, आँखाको ठाउँमा आँखा छ, कानको ठाउँमा कान छ , हात गोडा एउटै छ र सबैभन्दा ठूलो कुरा मान्छे जन्माउने वीर्य र भ्रूण पनि एउटै छ। अब भन्नुस् भ्रूणको के जात हुन्छ? वीर्यको के जात हुन्छ?