काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले टीकापुर घटनाका आरोपित भनिएका रेशम चौधरी राष्ट्रिय सहमतिका आधारमा छुटाउन सकिने बताएका छन्।उनले प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा यस्तो बताएका हुन्। उनले भने, 'रेशम चौधरी मैले पनि चिनेकै मान्छे हो। सहमति भए रेशम चौधरीलाई छुटाऊँ भन्ने मान्छे म पनि हो। राजनीतिक व्यक्तिलाई जेलमा थुनेर समस्या समाधान हुँदैन। तर, अदालतले त्यो मान्दैन। सहमति भयो भने उहाँलाई छुटाऔं।'देशलाई एक बनाएर जानुपर्ने र मधेश पहाड सम्पूर्ण क्षेत्रको समस्या समाध