काठमाडौं : मलेसिया सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली कामदारको आकर्षण बढेको छ। नेपालको मुख्य श्रम गन्तव्य मुलुक मलेसियाले पारिश्रमिक बढाएसँगै मलेसिया रोजगारीका लागि जानेको संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।मलेसियन सरकारले गत मार्चदेखि आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक वृद्धि गरी एक हजार पाँच सय रिङ्गेट (४३ हजार) पुर्याएको छ। पारिश्रमिकका साथै होस्टल, खानका लागि थप रकम, अतिरिक्त कामको पनि सुविधा दिने निर्णय गरेसँगै नेपालीको आकर्षण बढेको