काठमाडौं : नेपाली श्रमिक अब फेरि रोगगारीका लागि मलेशिया जान पाउने भएका छन्। काठमाडौंस्थित मलेशियाली दूतावासले सूचना जारी गर्दै कोरोनाका कारण लगाएको प्रतिबन्ध हटाएको जानकारी दिएपछि नेपाली कामदारका लागि मलेशिया खुला भएको हो। नेपालीको मुख्य श्रम गन्तव्यमध्येको एक मलेशियामा रोजगारीका लागि जान २ वर्षदेखि रोकिएको थियो।सिन्डिकेट प्रकरणका कारण ०७५ जेठ २ देखि नेपाली श्रमिक मलेशिया रोजगारीमा जान पाएका थिएनन्। त्यसको १० महिनापछि चैत ०७५ मा खुल्ला भएको थियो। रोजगारीका लागि&nbs