धितोपत्र कारोबार ‘व्यवसायको रूपमा  गरेमात्र आयकर’

काठमाडौं । आन्तरिक राजस्व विभागले आयकरको सम्बन्धमा धितोपत्र बजारका लगानीकर्तामा असन्तुष्टि देखिएपछि स्पष्ट पारेको छ । विभागले सूचना जारी गर्दै आर्थिक विधेयक, २०८० को दफा २९ मा उल्लिखित बुँदालाई प्रस्ट्याएको हो । विभागले व्यवसायको रूपमा नभई प्राकृतिक व्यक्तिले लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा साविकबमोजिमकै कानूनी व्यवस्था कायम रहेको जानकारी दिएको हो ।  विभागले जारी गरेको सूचनामा त्यस्तो कारोबारबाट भएको लाभमा नियमअनुसार दाखिला भएको ५ प्रतिशत वा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नगरिएको उल्लेख छ । व्यवसायको रूपमा नभई प्राकृतिक व्यक्तिले लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा साविकबमोजिमकै कानूनी व्यवस्था कायम रहेको विभागको सूचनामा उल्लेख छ ।  धितोपत्र कारोबारमा नाफा भएको खण्डमा संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले अधिकतम ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्दै आएका छन् । व्यक्तिगत लगानीकर्ताको हकमा १ वर्षभन्दा कम अवधिमै धितोपत्र विक्री गर्दा नाफामा ७ दशमलव ५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिसम्म कायम राखी विक्री गर्दा नाफामा ५ प्रतिशत पूँजीगत लाभकर तिनुपर्ने व्यवस्था छ । अहिलेसम्म धितोपत्र बजारका लगानीकर्ताले आयकर तिरेको रेकर्ड छैन ।  यस वर्षको आर्थिक विधेयकको दफा २९ मा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई छूटसम्बन्धी विशेष व्यवस्थाअन्तर्गत प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रूपमा धितोपत्र, जग्गा तथा घरजग्गा कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम २०८० साल चैत मसान्तभित्र दाखिल गरे सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने उल्लेख छ । उक्त बुँदाले हालसम्म आयकर नतिरेका लगानीकर्तालाई घुमाउरो पारामा सरकारले आयकरको दायरामा ल्याउन लागेको बुझाउँछ । त्यसविरुद्ध लगानीकर्ता आन्दोलनमा उत्रिएका छन् । बिहीवार लगानीकर्ताले टीएमएस नै बन्द गरेर आन्दोलनमा सघाउन नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड र ब्रोकरहरूलाई पत्र बुझाएका छन् । आन्तरिक राजस्व विभागले करका सम्बन्धमा सूचना जारी गरी नियमित कारोबारीले आयकर तिर्नुपर्ने संकेत गरेपछि लगानीकर्ता झन् आक्रोशित बनेका छन् ।  पूँजीबजारका अभियन्ता तिलक कोइरालाले सरकारले धितोपत्र बजारलाई निमोठ्ने कर नीति ल्याएको भन्दै त्यसले धितोपत्र बजारको अस्तित्वमै प्रश्न उठाएको बताए । कर कति प्रतिशत तिर्नेभन्दा पनि धितोपत्र बजार नै रहन्छ कि रहँदैन भन्नेमा सन्देह पैदा भएकाले आम लगानीकर्ताले सरकारको गलत कदम सच्याउन भूमिका खेल्नुपर्ने कोइरालाको भनाइ छ । धितोपत्र बजारका लगानीकर्ता गर या मरको अवस्थामा आइपुगेको उनको भनाइ छ ।  आर्थिक विधेयकमा उल्लेख भएको कुरा आन्तरिक राजस्व विभागबाट आएको सूचनाले स्पष्ट नहुने भन्दै उनले संसद्बाटै यस विषयको टुंगो लगाउनुपर्नेमा जोड दिए । धितोपत्र बजारका लगानीकर्ता मात्र नभएर दलाल व्यवसायीसमेत टिक्न नसक्ने अवस्थामा बजारलाई अझ संकटमा धकेल्ने प्रयास भएको उनको आरोप छ । धितोपत्र बजारका लगानीकर्ताको लगानी पारदर्शी रहेको र पाइलैपिच्छे कर तिरिरहेको उनले बताए ।  अर्का लगानीकर्ता केशव कोइरालाले ‘धितोपत्र बजारका लगानीकर्ताले धितोपत्र खरीद गरी सम्पत्ति जोडेका हुन्, व्यवसाय गरेका होइनन्’ भन्दै करको विरोध गरे । विभागले पटके र नियमित लगानीकर्ताको ट्याग लगाएकोमा आपत्ति प्रकट गरेका कोइरालाले धितोपत्र बजारका लगानीकर्तालाई व्यवसायी नभन्न माग गरे । सरकारले धितोपत्र बजारका लगानीकर्तालाई जबरजस्ती व्यवसायीको बिल्ला भिराउन खोजेको कोइरालाले बताए । सरकारको यो कदमविरुद्ध आम लगानीकर्ता निरन्तर आन्दोलनमा उत्रिने उनले बताए ।सरकारले दैनिक २–४ लाख लगानी गरेर नियमित कारोबार गरी केही आम्दानी गर्ने लगानीकर्तालाई घात हुने खालको र अर्बौं रुपैयाँ लगानी गरी १ वर्षपछि करोडौं नाफा गर्ने लगानीकर्तालाई छूट दिने करनीति ल्याएको कोइरालाको भनाइ छ । यसबाट साना लगानीकर्ताले ३९ प्रतिशतसम्म थप करको भार बोक्नुपर्ने बुझाइ लगानीकर्ताको छ । सरकारले नियमित कारोबार गर्ने लगानीकर्तालाई करको दायरामा ल्याएसँगै यसअघि पूँजीगत लाभकर गणनामा नाफामात्र मूल्यांकन हुँदै आएकोमा आगामी दिनमा नाफा–घाटा दुवैको हिसाब गरेर मात्र कर लिने व्यवस्था मिलाइएको आन्तरिक राजस्व विभागको भनाइ छ । यो व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि तयार गर्ने जानकारी दिएको छ । 

सम्बन्धित सामग्री

उच्च कारोबार गरेका १० ब्रोकर कम्पनीमध्ये ७ को बिक्री धेरै

१९ चैत, काठमाडौं । सोमबार उच्च रकमको धितोपत्र कारोबार गरेका १० ब्रोकर कम्पनीहरुमध्ये ७ को बिक्री धेरै देखिएको छ । यस दिन १० ब्रोकर कम्पनीहरुले मात्रै २ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् । यो कारोबारमध्ये यी १० कम्पनीहरुले १ अर्ब ११ करोडभन्दा बढीको धितोपत्र बिक्री गरेका छन् भने १ अर्ब ४ करोड […]

यी हुन् सेयर कारोबार गर्न फागुनमा रुचाइएका प्रमुख कम्पनी

९ चैत, काठमाडौैं । नेपाल स्टक एक्स्चेन्जमा फागुन महिनामा कुल ६१ अर्ब ६८ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । सबैभन्दा धेरै रकमको कारोबार हुनेमा हाइड्रोपावर समूह रह्यो । फागुनमा सो समूहका कम्पनीहरुको मात्रै २३ अर्ब ३९ करोड रुपैयाँको कारोबार भयो । हाइड्रोपावरपछि उत्पादन समूहका कम्पनीहरुको कारोबार उच्च छ । सो समूहका कम्पनीहरुको ७ अर्ब […]

केबिएल सेक्यूरिटिजको धितोपत्र कारोबार सुरु

काठमाडौँ– केबिएल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारिक रूपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमकाे आयाेजना गरी कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब राणाले कम्पनीकाे कारोबार शुभारम्भको उद्घाटन गरेका  थिए । उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरूको […]

ब्रोकरहरुले अब नयाँ टिएमएस राख्न पाउने, यस्तो बन्यो कार्यविधि

नेपाल स्टक एक्सचेन्जले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि, २०७९ जारी गरेको छ । अनलाइन तथा अफलाइनमार्फत धितोपत्र कारोबार गर्नका लागि नेप्सेले विकास गरेको वा कारोबार सदस्यले विकास वा खरिद गरी प्रयोग गर्ने कारोबार व्यवस्थापन गर्न बनेको धितोपत्र कारोबार सञ्चालन (तेस्रो संसोधन) विनियमावली, २०७९ को विनियम ३९ उपविनियम १ (ग) बमोजिम नेप्सेले यस्तो कार्यविधि जारी गरेको हो । मुख्यगरी यस कार्यविधि मार्फत नेप्सेले ब्रोकरहरुलाई नयाँ टिएमएस राख्नुका लागि पालना गर्नुपर्ने नियम र व्यवस्था

सेयर कारोबार विनियमावली आइतबारदेखि लागू हुने

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) थप गरी स्वीकृत गरेको सेयर कारोबार विनियमावली आइतबारदेखि लागू हुने भएको छ। बोर्डले पठाएको विनियमावली नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले स्वीकृत गरी लागू गर्ने निर्णय गरेको हो। नेप्सेको सञ्चालक समितिको गत साताको बैठकले स्वीकृत गरेको उक्त विनियमावली लागू भएपछि ब्रोकर आफैले टीएमएस बनाउन […]

नेप्सेले फुकुवा गर्‍यो हिमालयन बैंकका आधारभुत शेयरधनीबाहेकको धितोपत्र कारोबार

जेठ २३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले हिमालयन बैंकको धितोपत्र कारोबार फुकुवा गरेको छ । कम्पनीका आधारभुत शेयरधनीहरु बाहेकका शेयरधनीको धितोपत्र जेठ २३ गतेदेखि फुकुवा भएको हो । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै शेयर कारोबार रोक्का भएको थियो  । मर्जरका कारण २०७८ साल वैशाख ३१ गतेदेखि रोक्का रहेको हिमालयन बैंकको  शेयर कारोबार सुचारु भएको हो  । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीचको २०७८ साल वैशाख ३० गते भएको मर्जर सम्झौता हिमालयन बैंकले अस्वीकृत गरेपछि कारोबार  रोक्का थियो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो ।

नेप्सेले फुकुवा गर्‍यो नेपाल इन्भेष्टमेण्ट बैंकको धितोपत्र कारोबार

जेठ १६, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको धितोपत्र कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले कम्पनीका आधारभुत शेयरधनीहरु बाहेकका शेयरधनीको धितोपत्र जेठ १६ गते सोमवारदेखि फुकुवा भएको हो । शेयर कारोबार फकुवा भएसँगै कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४०५ मा खुला भएको थियो । खुला भएसँगै शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत घटेर रू. ३६७ दशलमव ७० मा झरेको हो । कम्पनीको शेयरमा क्रेताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा पनि कम्पनीको शेयरमा १ लाख ३७ हजार ४२६ कित्ता शेयर विक्री माग रहेको छ भने खरीद माग शून्य रहेको छ । यस बैंक र हिमालयन बैंक एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै शेयर कारोबार रोक्का भएको थियो । मर्जरका कारण २०७८ साल वैशाख ३१ गतेदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शेयर कारोबार सुचारु भएको हो । यसअघि नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक बीचको २०७८ साल वैशाख ३० गते भएको मर्जर सम्झौता हिमालयन बैंकले अस्वीकृत गरेको थियो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो ।

सेयर परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । १९.८४ अङ्कले घटेर नेप्से परिसूचक २७३४ अङ्कमा कायम भएको छ । दिनभर कुल ३ अर्ब २ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । यसअघि मंगलबार ३ अर्ब २३ करोड तथा सोमबार ३ अर्ब ६८ करोडको कारोबार भएको थियो । धेरैजसो उपसमूह घटे । […]

प्रभु बैंकको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण

नेपाल स्टक एक्सचेन्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो ।बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे) मा बैठक बसी धितोपत्र कारोबार तथा मूल्य प्रभावित पार्ने काम भएको भन्दै धितोपत्र सूचीकरण विनियमावली–२०७५ को विनियम १६ (१) ‘ख’ मा भएको व्यवस्थाअनुसार कम्पनीको कारोबार रोक्का गरेर सात दिनको समय दिई स्पष्टीकरण सोधेको नेप्सेले जना

धितोपत्रको कारोबार नगद वा उधारो ?

नगदी कारोबार र राफसाफले छिटो रकम र धितोपत्र प्राप्त हुँदा ग्राहकले छिटोछिटो किनबेच गर्दै मूल्यगत जोखिम कम गर्न तथा पुँजीगत लाभको सम्भावना बढ्न सक्छ । सैद्धान्तिक रूपमा अग्रिम भुक्तानीसहित नगद लेनदेन हुने धितोपत्र कारोबार वास्तवमा उधारो कारोबार प्रणालीमा आधारित छ । धितोपत्र सहज किनबेचका लागि नेप्सेको कारोबार प्रणाली र थलो उपलब्ध छ भने राफसाफ र […]