केबिएल सेक्यूरिटिजको धितोपत्र कारोबार सुरु

काठमाडौँ– केबिएल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारिक रूपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमकाे आयाेजना गरी कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब राणाले कम्पनीकाे कारोबार शुभारम्भको उद्घाटन गरेका  थिए । उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरूको […]

सम्बन्धित सामग्री

कुन मूल्यमा भयो उपकार लघुवित्तको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा उपकार लघुवित्तको शेयर कारोबार सुचारु भएको छ । आज शुक्रबार स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि कम्पनीको नियमित कारोबार भएको हो । कम्पनीको पहिलो कारोबार १२११ रुपैयाँमा भएको छ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ४०३.९१ रुपैयाँ देखि १२११.७३ रुपैयाँसम्मको रेन्ज तोकेको थियो।  ४०३.९१ रुपैयाँ देखि १२११.७३ रुपैयाँसम्मको रेन्ज रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने ब्यबस्था रहेकोमा उच्चतम बिन्दुमा नै कम्पनीको पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ । कम्पनीको कारोबार ULBSL सिम्बलबाट भएको छ । बिहिबार कम्पनीको ६ लाख ५६ हजार २ सय ५० कित्ता शेयर सुचिकृत भएको थियो । कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिंग रहेको छ । उपकर लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयरधनी दस्तखत प्रमाणिकरण, शेयरवालाहरूको लगत अद्यावधिक तथा शेयर सम्बन्धी अन्य सम्पूर्ण कार्यहरू नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले गर्ने छ।कम्पनीले चैत्र २५ गतेदेखि  चैत्र ३० गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको थियो  ।  जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको थियो  भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए।कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।  यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो ।

नेप्सेमा उपकार लघुवित्तको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा उपकार लघुवित्तको शेयर सुचिकृत भएको छ । आज बिहिबार कम्पनीको ६ लाख ५६ हजार २ सय ५० कित्ता शेयर सुचिकृत भएको हो ।आज बिहिबार शेयर सुचिकृत भएसंगै शुक्रबारबाट कम्पनीको शेयर खरिद बिक्रि गर्न सकिने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ४०३.९१ रुपैयाँ देखि १२११.७३ रुपैयाँसम्मको रेन्ज तोकेको छ। बुधबारको स्पेसल प्रि ओपन सेसनमा मूल्य तय भएमा नेप्सेमा नियमित रुपमा कम्पनीको शेयर कारोबार हुने छ।  ४०३.९१ रुपैयाँ देखि १२११.७३ रुपैयाँसम्मको रेन्ज रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ । कम्पनीको कारोबार ULBSL सिम्बलबाट हुने छ । कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिंग रहेको छ । उपकर लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयरधनी दस्तखत प्रमाणिकरण, शेयरवालाहरूको लगत अद्यावधिक तथा शेयर सम्बन्धी अन्य सम्पूर्ण कार्यहरू नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले गर्ने छ।कम्पनीले चैत्र २५ गतेदेखि  चैत्र ३० गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको थियो  ।  जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको थियो  भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए।कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।  यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो ।

नेप्सेमा जाल्पाको कारोबार सुरु, कुन मूल्यमा भयो पहिलो ट्रेड ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार सुचारु भएको छ । आज सोमबारको स्पेसल प्रि ओपन सेसनमा कारोबार भई मूल्य तय भएपछि कम्पनीको कारोबार सुरु भएको हो । कम्पनीको पहिलो कारोबार ३१८.६ रुपियाँमा भएको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६४.४० रुपैयाँदेखि ४९३.८० रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने ब्यबस्था थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ  । कम्पनीको JALPA सिम्बलबाट कारोबार सुरु भएको हो ।  शुक्रबार कम्पनीको १६ लाख कित्ता शेयर सुचिकृत भएको थियो   । जाल्पाको शेयर रजिष्ट्रार प्रभु क्यापिटल रहेको छ ।  शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ । जाल्पा लघुवित्त वित्तिय संस्थाले माघ २१ गतेदेखि माघ २५ गतेसम्म  प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको थियो  ।

कुन मूल्यमा भयो राष्ट्र उत्थान र जाल्पा सामुदायिक लघुवित्तको पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा राष्ट्र उत्थान लघुवित्तको शेयर कारोबार सुचारु भएको छ । आज आइतबारको स्पेसल प्रि ओपन सेसनमा कारोबार भई मूल्य तय भएपछि कम्पनीको कारोबार सुरु भएको हो ।राष्ट्र उत्थान लघुवित्तको पहिलो कारोबार ५०२ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६७.४३ रुपैयाँदेखि ५०२.२९ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार सुरु हुन सक्ने ब्यबस्था छ । कम्पनीको RULB सिम्बलबाट कारोबार सुरु भएको हो । बिहिबार कम्पनीको २६ लाख कित्ता शेयर सुचिकृत भएको थियो । राष्ट्र उत्थानले एनआईबिएल एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ। यस संगै राष्ट्र उत्थान लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायत कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईबिएल एस क्यापिटलले गर्ने छ। राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेको हो। कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । आज जाल्पाको भने स्पेसल प्रि ओपन सेसनमा कारोबार भएको छैन । यस संगै अब सोमबारको स्पेसल प्रि ओपन सेसनमा कारोबार भई मूल्य तय भएपछि कम्पनीको कारोबार सुचारु हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६४.४० रुपैयाँदेखि ४९३.८० रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने ब्यबस्था छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । कम्पनीको JALPA सिम्बलबाट कारोबार सुरु हुने छ । शुक्रबार कम्पनीको १६ लाख कित्ता शेयर सुचिकृत भएको थियो । जाल्पाको शेयर रजिष्ट्रार प्रभु क्यापिटल रहेको छ । शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ । जाल्पा लघुवित्त वित्तिय संस्थाले माघ २१ गतेदेखि माघ २५ गतेसम्म प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

नेप्सेमा राष्ट्र उत्थान लघुवित्तको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा राष्ट्र उत्थान लघुवित्तको शेयर सुचिकृत भएको छ । आज बिहिबार कम्पनीको २६ लाख कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आगामी आइतबारदेखि कम्पनीको सेयर कारोबार हुन सक्ने छन् । नेप्से कम्पनीको पहिलो कारोबारको लागि १६७.४३ रुपैयाँदेखि ५०२.२९ रुपैयाँसम्मको रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार सुरु हुन सक्ने छ । कम्पनीको RULB सिम्बलबाट कारोबार हुने छ । कम्पनीले एनआईबिएल एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ। यस संगै राष्ट्र उत्थान लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायत कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईबिएल एस क्यापिटलले गर्ने छ।राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेको हो। कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।  ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । सर्वसाधारणले ७ लाख ९४ हजार ५०० कित्ताको लागि आवेदन दिएका हुन्।   कम्पनीको आईपिओमा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए  । जस मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको छ  । योग्य आवेदकको संख्या २५ लाख ७९ हजार ४ सय २ जना कायम भएको र उनीहरुले कुल १ करोड ९४ लाख ६७ हजार २ सय १० कित्ताको लागि आवेदन दिएका थिए । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको थियो  । यस हिसाबमा  गोलाप्रथाबाट ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले पाएक थिए । आवेदन दिएका मध्ये २५ लाख ५ हजार ८ सय ११ जना आवेदक हात खाली भएका थिए। कम्पनी परिचयराष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५÷०६÷१४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५÷१०÷१६ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी  मिति २०७५÷११÷८ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो । हाल यस कम्पनीको ३९ जिल्लामा रहेका ९५ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ  । वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १३ साँगामा रहेको छ । लघुवित्त संस्था हुनुपूर्व यस संस्थाले नेपाल ग्रामीण विकास संस्थाको नामबाट  लघुवित्त सम्बन्धी सेवा सञ्चालन गरिराखेको थियो ।पूँजी संरचनाकम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । सर्वसाधारणलाई आठ करोड पचास लाख रकम बराबरको शेयरको निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी  छब्बिस करोड पुगेको छ र संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ६७.३१ प्रतिशत र ३२.६९ प्रतिशत हुने छ  ।संस्थापक÷सञ्चालक विवरणकम्पनीको आधारभुत शेयरधनीहरुमा नेपाल ग्रामीण विकास संस्था, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड रहेका छन् । यी संस्थासंग कम्पनीको क्रमश ७ लाख ५० हजार, ५ लाख ५० हजार र ३ लाख कित्ता शेयर रहेको छ ।

कुन मूल्यमा भयो इमर्जिङ नेपाल लिमिटेडको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा इमर्जिङ नेपाल लिमिटेडको शेयर कारोबार सुचारु भएको छ । आज आईतबारेको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो । कम्पनीको पहिलो कारोबार २८७.१० रुपैयाँमा भएको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०५ .११ रुपैयाँदेखि ३१५.३३ रुपैयाँको रेन्ज तोकेको थियो । यस रेन्जको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा २८७.१० रुपैयाँमा पहिलो कारोबार भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीको ENL सिम्बलबाट कारोबार सुरु भएको हो।  शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर सुचिकृत भएको थियो  ।  कम्पनीले  एनआईसी एसिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ। यस संगै इमर्जिंङ नेपालको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायत कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईसी एसिया क्यापिटलले गर्ने छ।कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए। आईपिओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेकोमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या २३ लाख २८ हजार ७ सय ६ जना कायम भएको थियो । योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरीएको थियो । जस अनुसार गोलाप्रथाबाट ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शेयर पाएका थिए । त्यस्तै शेयर पाएका ५१ हजार ६ सय ७० जनालाई सहभागी गराएर पुन गोलाप्रथा गर्दा ८ जनाले थप १ कित्ता शेयर पाएका थिए । यस हिसाबमा ८ जनाले ११ कित्ता शेयर पाएका छन् ।