प्रभु बैंकको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण

नेपाल स्टक एक्सचेन्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो ।बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे) मा बैठक बसी धितोपत्र कारोबार तथा मूल्य प्रभावित पार्ने काम भएको भन्दै धितोपत्र सूचीकरण विनियमावली–२०७५ को विनियम १६ (१) ‘ख’ मा भएको व्यवस्थाअनुसार कम्पनीको कारोबार रोक्का गरेर सात दिनको समय दिई स्पष्टीकरण सोधेको नेप्सेले जना

सम्बन्धित सामग्री

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरी स्पष्टीकरण पेस गर्न भनेको छ । कम्पनीले चैत ७ गते साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांशसम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा चैत ८ गते ११ः१७ बजे कारोबार समयमा प्राप्त भएकाले नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।   नेप्सेले शेयर कारोबार रोक्का गर्दै कम्पनीलाई ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । बुधवार कम्पनीको सञ्चालक समिति बैठक बसेर शेयरधनीलाई २ दशमलव २२११ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो ।

मुक्तिनाथ विकास बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंक लिमिटेडको शेयर कारोबार आजदेखि फुकुवा गरेको छ । बैंकले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रूपमा नभई संयोग मात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धतापछि नेप्सेले शेयर कारोबार फुकुवा गरेको हो । बैंकले कारोबार समयमा धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको थियो । कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेस गर्नसमेत कम्पनीलाई निर्देशन दिएको थियो ।

मुक्तिनाथ  विकास बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो । कम्पनीले पुस ५ गते (बिहीबार) दिउँसो साढे २ बजे सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट कुल १० दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । शेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ ।

तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार मंगलवार फुकुवा गरेको छ । मानवीय त्रुटिका कारण समयमा लाभांश घोषणासम्बन्धी जानकारी समयमा बुझाउन नसकिएको भन्दै कम्पनीले स्पष्टीकरण दिएपछि नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो । कम्पनीले यही मंसिर १८ गते लाभांश घोषणासम्बन्धी जानकारी समयमा नै नदिएको भन्दै नेप्सेले होटल्सको शेयर कारोबार रोक्का गरेको थियो ।

प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

काठमाडौं । प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले  कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । यससँगै कम्पनीको शेयर कारोबारमा आएको छ ।  नेप्सेले गत साउन ४ गते कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । हकप्रद शेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएकाे भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । यससँगै नेप्सेले कम्पनीलाई ३ कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको थियो । त्यसको जवाफमा कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव गरी सैद्धान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गरेको र त्यहाँबाट सैद्धान्तिक स्वीकृति प्राप्त हुने वा नहुने अन्योल रहेको व्यहोरासहितको पत्र नेप्सेमा पठाएको छ । पत्रमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ र धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता शर्तहरूको अक्षरशः पालना गर्ने प्रतिबद्धता पनि उल्लेख छ ।   धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता शर्तहरूको पालना गर्ने प्रतिबद्धता भएपछि कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको नेप्सेले जानकारी दिएको छ ।  गत असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिले ६५ प्रतिशत हकप्रद शेयर जारी गर्नेसम्बन्धी निर्णय गरेको थियो । तर, कम्पनीले नेप्सेमा साउन ४ गते उक्त निर्णयको जानकारीसहितको पत्र पठाएको थियो ।  कुनै पनि संगठित संस्थाले धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ । कम्पनीले त्यस्तो सूचना समयमै जानकारी नगराएपछि नेप्लेले स्पष्टिकरण माग्दै शेयर कारोबार रोक्का गरेको थियो ।

विजय लघुवित्तको शेयर कारोबार फुकवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । कम्पनीले लाभांशसम्बन्धी सूचना समयमै नदिएको भन्दै नेप्सेले माघ २६ गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले माघ १० गते साँझ ५ः१५ बजे बसेको सञ्चालक समिति बैठकले प्रस्ताव गरेको भन्दै लाभांशसम्बन्धी जानकारी माघ २५ गते साँझ ६ः३५ मा नेप्सेमार्फत गराएको थियो । नेप्सेले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरण माग गर्दै शेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले माघ २९ गते माघ २५ गते हुनुपर्नेमा मानवीय त्रुटिका कारण अन्यथा हुन गएको सञ्चालक समितिको निर्णय माइन्युटसहित नेप्सेमा स्पष्टीकरण पेश गरेपछि नेप्सेले फागुन २ गतेदेखि लागू हुने गरी कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । आगामी दिनमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिमका शर्तहरू पूर्ण पालना गर्न सचेत गराउँदै नेप्सेले कारोबार फुकुवा गर्ने निर्णय गरेको जानकारी दिएको छ । यस कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

नेप्सेले फुकुवा गर्‍यो तीन कम्पनीको शेयर कारोबार, बुधवारदेखि कारोबारमा आउने

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज तीन कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले महुली लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर कारोबार फुकुवा गरिदिएको हो । यी तीनओटै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को लाभांशसम्बन्धी पत्र कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण नियमावलीबमोजिम शेयर कारोबार रोक्का राखेको थियो । तीन दिनभित्र के कति कारणले यस्तो हुन पुगेको कारण खुलाई स्पष्टीकरण सोधेकोमा तीनओटै कम्पनीले आइन्दा यस्तो गल्ती नदोहोर्‍याउने जनाउँदै स्पष्टीकरण पेश गरेको हुँदा नेप्सेले माघ ३ गतेदेखि शेयर फुकुवा गरिदिएको हो । फुकुवा भएसँगै तीनओटै कम्पनीको शेयर बुधवारबाट कारोबारमा आउनेछ ।

प्रभु बैंकको शेयर कारोबार रोक्का

२५ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको छ । शेयर कारोबार समयमा नै बैंकको सञ्चालक समिति बैठक बसी लाभांश घोषणा गरिएको र यसले मूल्यमा असर परेको भन्दै नेप्सले बैंकको शेयर कारोबार रोक्का गरेको हो । प्रभु बैंकलाई स्पष्टीकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ । बैंकले शेयरधनीहरूलाई चुक्ता […]