जेठ २३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले हिमालयन बैंकको धितोपत्र कारोबार फुकुवा गरेको छ ।
कम्पनीका आधारभुत शेयरधनीहरु बाहेकका शेयरधनीको धितोपत्र जेठ २३ गतेदेखि फुकुवा भएको हो । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै शेयर कारोबार रोक्का भएको थियो ।
मर्जरका कारण २०७८ साल वैशाख ३१ गतेदेखि रोक्का रहेको हिमालयन बैंकको शेयर कारोबार सुचारु भएको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीचको २०७८ साल वैशाख ३० गते भएको मर्जर सम्झौता हिमालयन बैंकले अस्वीकृत गरेपछि कारोबार रोक्का थियो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो ।