फारोइ आइल्याण्डमा एकैदिन १४२८ डल्फिन मारिएका छन्। एकैदिन समुद्रबाट नियन्त्रणमा लिएर मारिएको डल्फिनको संख्या यो अहिलेसम्मकै धेरै ठानिएको छ। उत्तरी एट्लान्टिकको क्षेत्रमा पर्ने फ्जोर्डमा आइतबार ती डल्फिन समातिएका थिए। समातिएका डल्फिन डुंगामार्फत किनारमा ल्याएर चक्कुले काटिएका हुन्। मारिएका डल्फिन स्थानीयलाई वितरण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फारोइ आइल्याण्डको ग्रामीण क्षेत्रमा सयौँ वर्षदेखि समुद्रमा ह्वेल, डल्फिनसहितको […]