युद्धमा १३ हजार सैनिक मारिए : युक्रेन

काठमाडौं : रुससँगको युद्धमा हालसम्म १३ हजार युक्रेनी सैनिक मारिएका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले १० देखि १३ हजार सैनिकको मृत्यु भएको बताएका हुन्।  युक्रेनको सशस्त्र सेनाले सैनिक हताहतको संख्या पुष्टि गरेको छैन। उनका अनुसार मृत्यु हुने भन्दा घाइते भएका सैनिकको संख्या अझै बढी छ। जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले युद्धका क्रममा युक्रेनको भन्दा रुसी सैनिकको संख्या करिब सात गुणा बढी भएको दाबी गरेका छन्। रुसले गत फेबु्रअरीमा

सम्बन्धित सामग्री

युद्धमा हाम्रा १३ हजार सैनिक मारिए : युक्रेन

युक्रेन युद्धको क्रममा ९ महिनाको अवधिमा १३ हजार युक्रेनी सिपाही मारिएका छन् । किभस्थित सरकारी अधिकारीहरूका अनुसार रुसले आक्रमण गरेयता ९ महिनाको अवधिमा उक्त संख्यामा सुरक्षाकर्मी मारिएका हुन् ।

रुस युक्रेन युद्धमा अहिलेसम्म कति मारिए सैनिक ?

रुस युक्रेन युद्ध  शुरु भएको १० महिनामा १३ हजार युक्रेनी सैनिक मारिएको  दाबी युक्रेनले गरेको छ ।

रुस–युक्रेन युद्धमा रुसका १३ हजारभन्दा बढी सैनिक मारिए, ७ हजार बेपत्ता

एजेन्सी, ९ बैशाख । रुस–युक्रेन युद्ध रोकिने कुनै छाट देखिएको छैन । दुवै देशले अहिलेसम्म धेरै पीडा भोगिरहेका छन् । यसैबीच रुसले युद्धमा आफ्ना हजारौं सैनिक मारिएको स्वीकार गरेको छ । क्रेमलिन समर्थक मिडिया राडोभकाले गरेको ट्वीटका अनुसार युक्रेन आक्रमणमा १३ हजार ४१४ रुसी सैनिकको मृत्यु भएको छ भने ७ हजार सैनिक अझै बेपत्ता छन् […]