बैतडीका हरिराम महरको अचानक दुवै मिर्गौलाले काम गर्न छाड्यो । उनकै श्रीमती मीना महर श्रीमान्लाई मिर्गौला दान दिन तयार भइन् । त्यसपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उनको स्वास्थ्य जाँच गर्न थालियो । विडम्बना मिर्गौला दान गर्न स्वास्थ्य परीक्षण गर्दा मीनाले कल्पना नै नगरेको रोग देखियो । मिर्गौला परीक्षणका क्रममा उनको दाहिने मिर्गौलामा सानो मासुको डल्लो पलाएको पत्ता लाग्यो । वरिष्ठ बायोलोजिष्ट प्राडा राकेश कुमार बर्माले जाँच गर्न पठाए । श्रीमान्लाई मिर्गौला दान दिन तयार