अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार हुने भएको छ । भोजमाण्डू फूड प्रालिका कार्यकारी अध्यक्ष सुनिल यादवका अनुसार विजयादशमीको शुभ अवसर पारेर भोजमाण्डूको सेवा असोज २९ गतेबाट वीरगञ्जमा समेत सुरु हुनेछ ।
'वीरगञ्ज केन्द्रीत रहेर हामीले बजारीकरणको सबै काम सकिसकेका छौँ ।' यादवले भने-'वीरगञ्ज बजार क्षेत्रमा अर्डर आएको २५ देखि ४५ मिनेटभित्र डेलिभरी...