नियममानुसार वाणिज्य बैंकमा मात्रै खाता खोल्नुपर्ने स्थानीय तहले सहकारीमा समेत खोलेको पाएपछि नेपाल सरकारले ती खाता बन्द गर्न जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरेको छ ।अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहहरूका खाता व्यवस्थापन गर्न स्थानीय तहका खाता सहकारीमा समेत रहेको बताउँदै ती खाताहरू बन्द गराउन कोलेनिकालाई पत्राचार गरेको हो । कार्यालयका […]