विवादित व्यापारिक समूह बतासले नारायणहिटी दरबार संग्राहलयभित्र रहेको ऐतिहासिक सुरुङ (बंकर) भित्र समेत व्यापार गर्ने योजना बनाएको खुलासा भएको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले यसबारे खुलासा गरेका हुन् । आलेकै सक्रियतामा बतास समूहले व्यापारका लागि बनाइरहेको संरचना हाललाई रोकिएको छ । ‘संग्राहलयभित्र धेरै पुरानो एउटा सुरुङ (बंकर) समेत रहेछ । त्यो बंकरलाई सहित तोडमोड गरेर के–के गर्ने काम पनि त्यहाँको सञ्चालकले गर्नु