काठमाडौँ- जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने गरी सरकारले गरेको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ । सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दर्ता नहुने भन्दै दरपिठ गरेका हुन् । रामेछापका कल्याण बुढाथोकी लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाएर उक्त रिट दायर गरेका थिए ।