सत्तारुढ ५ दलीय गठबन्धन समन्वय समितिको बैठकले सर्वाेच्च अदालतमा देखिएको विवादमा यथाशीघ्र निकास हुनुपर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेमा आशा गरेको छ ।
बैठकको निर्णयमा उल्लेख छ, ‘सर्वाेच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको महत्त्वपूर्ण अंगको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र न...