जेरार्ड पिके आधुनिक फुटबलका सर्वश्रेष्ठ डिफेन्डर मध्यमा गनिन्छन् । क्लब फुटबल होस् या राष्ट्रिय टोली, उनले जित्न बाँकी प्रमुख उपाधि सायदै होलान् । स्पेनको राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य रहेका पिके अहिले दुविधामा छन् । विश्वकप छनोटको अन्तिम चरणको खेलको तयारीमा रहेको स्पेनको राष्ट्रिय टोलीको प्रशिक्षण सत्रमा करिब एक हजारको संख्यामा रहेका समर्थकले पिकेविरुद्ध नाराबाजी गरे ।