संयुक्त राष्ट्र संघको मानवीय सहायता प्रमुखले अफगानिस्तानलाई आर्थिक सहयोग गर्न अपील गर्नुभएको छ । उहाँले अफगानिस्तानमा उत्पन्न मानवीय संकट समाधानका लागि ८५ करोड अमेरिकी डलरको खाँचो रहेको बताउनुभएको हो ।
अफगानिस्तानमा खाद्य अभाब, खडेरी र इरानबाट छ लाख २७ हजार अफगानि फर्केपछिको समस्या समाधानका लागि ठूलो राशीको सहयोग आवश्यक पर्ने राष्ट्र संघले जनाएको छ ।
संयुक्त राष्ट्र संघको मुख्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा मानवीय सहायता प्रमुख रामिज अलाक्बारोभले करिब आठ करोड अफगानीलाई सहयोगको आवश्यकता रहेको बताउनुभयो ।