२०७४ को स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका–३ मा एमालेबाट विजयी भएका वडाध्यक्ष बालमुकुन्द घिमिरे कांग्रेस प्रवेश गरेका छन् । एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदेशसभा (क) का उम्मेदवार मधुसुदन पौडेलको बसोवास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे कांग्रेस प्रवेश गरेपछि एमालेलाई संकट परेको छ। ०७४ को निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धता बिर्सिएकाले आफूले कांग्रेस रोजेको बताएका छन् । तीनवटा विषयमा स्नातकोत्तर गरेका घिमिरे कानुन व्यवसा