धनगढी : पूर्वमन्त्री, नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टलाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको छ। मंगलबार बिहानै भट्टको गोदावरी नगरपालिका अत्तरियास्थित घरमै सो समूहले धम्की दिएको हो। आफू घरमा नरहेको अवस्थामा अत्तरियास्थित निजी निवासमै पुगेर परिवारका सदस्यलाई अज्ञात समूहले धम्की दिएको उनले बताए। भट्टका अनुसार अज्ञात समूहका आधा दर्जन बढी युवाहरू घरमा पसेका थिए। उनीहरूले घरभित्र पसेर कहाँ छ मन्त्री भन्दै घरमा रहे