ललितपुर रिटर्नी फेडेरेशन गठन

ललितपुर : एमालेनिकट रिटर्नी फेडेरेशनको प्रथम ललितपुर जिल्ला भेलाले २१ सदस्यीय कार्यसमिति चयन गरेको छ। एमाले जिल्ला पार्टी कार्यालय सातदोबाटोमा भएको भेलाले राजु दुलालको संयोजकत्वमा २१ जनाको जिल्ला कार्य समिति चयन गरेको हो।भेलाले जिल्लाका ६ मध्ये ५ वटा स्थानीय तहको संयोजक पनि तोकेको छ। भेलाले गोदावरी नगरपालिका संयोजकमा महेश्वर थापा, महालक्ष्मी नगरपालिकामा मातृका दाहाल, बागमती गाउँपालिकामा नवराज बजगाँई, महांकाल गाउँपालिकामा विदुर केसी, ललितपुर महानगरपालिकामा राम तिमिल्सनाला