काठमाडौं उपत्यकामा मतदानको दिन सवारीसाधन सञ्चालनमा प्रतिबन्ध

काठमाडौं– काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन ४ मंसिर बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्यालयमा बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले ४ मंसिर आइतबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने […]

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा बिहानैदेखि सार्वजनिक सवारी ठप्प

काठमाडौं, फागुन २ र काठमाडौं उपत्यकाभित्र आज बिहानैदेखि सार्वजनिक सवारी ठप्प छन् । नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारीसाधन ठप्प पार्ने निर्णय गरेसँगै आज काठमाडौं उपत्यका भित्र कुनै पनि सार्वजनिक सवारी नचलेका हुन्। उपत्यका बाहिर जाने लामो दुरीका सवारी साधन भने फाट्टफुट्ट चलेका छन्। नयाँ बसपार्क, कोटेश्वर, कलंकीलगायत बस […]

काठमाडौं उपत्यकामा एकैदिन ३१०१ सवारीसाधन कारबाहीमा

काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १२१ व्यक्ति तथा सवारीमाथि कारबाही भएको छ । कार्यालयका अनुसार लेन मिच्ने ७५, हर्न नियम पालना नगर्ने ६२, नम्बर प्लेट नराखेका ५२ वटा, लिडारगन १६०, रेड लाइट उल्लंघन गर्ने ३० वटा र अन्य नियम उल्लंघन गर्ने २६०१ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।-न्युज कारखाना

काठमाडौं उपत्यकामा आजदेखि जोरबिजार प्रणाली हट्यो

काठमाडौं : काठमाडौं उपत्यकाका सवारीमा लागू गरिएको जोर–विजोर प्रणाली आजदेखि हटेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको हो।जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ‘सिट क्षमताभन्दा बढी यात्रु राख्नु नपाउने, मास्क अनिवार्य, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्र

काठमाडौं उपत्यकामा बहुतले पार्किङको अवधारणा, २ वर्षभित्र तयार गर्ने लक्ष्य

काठमाडौं उपत्यकामा बढ्दो सवारीसाधनको चाप र पर्याप्त पार्किङ क्षेत्र नहुँदा हुँदै आएको सास्ती कम गर्न बहुतले पार्किङ बनाउने परियोजना अघि सारिएको छ । काठमाडौं उपत्यकामा बहुतले पार्किङ बनाउने चर्चाका बीच नगर विकास कोषले २ वर्षभित्रमा विभिन्न ३६ स्थानमा पार्किङ बनाउन ऋण लगानी गर्ने भएको छ । कोषले अहिले विभिन्न ३६ स्थानमा पार्किङ आवश्यक देखिएको भन्दै स्थानहरू तोकेर सम्बद्ध निकायहरूसँग प्रस्ताव माग गरेको छ । यी स्थानमा कम्तीमा १०० सवारीसाधन पार्किङ गर्ने संरचना विकास तथा निर्माण गर्दा करीब रू. ३ अर्ब ६० करोड लगानी आवश्यक पर्ने देखिए...

काठमाडौं उपत्यकामा जोरबिजोर लागू, यातायात व्यवसायी असन्तुष्ट

काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी सञ्चालन गर्न पाउने गरी गएरातिदेखि यो निगम लागू भएको हो । जसअनसार शनिबार जोर नम्बर प्लेटका सवारीसाधन सञ्चालन गर्न पाइन्छ । उपत्यकामा बढ्दो कोरोना संक्रमणलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको बैठकले यो निर्णय गरेको थियो । तर, यातायातमा जोरबिजोर गर्दा झन् भिडभाड बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने कतिपयको भनाइ छ । ०००० यातायात व्यवसायीहरुले स...

काठमाडौं उपत्यकामा हटाइयो राति ८ बजेपछि गाडी चल्न नपाउने नियम

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । भदौ ९ गतेदेखि लागू हुने गरी भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।  राति ८ बजेदेखि सवारीसाधन चलाउन नपाइने नियम भने हटाइएको छ ।  अघिल्लोपटक थपिएको निषेधाज्ञामा अत्यावश्यक सेवा, ढुवानीका सवारीसाधन र उपत्यका प्रवेश गर्ने सवारीसाधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारीसाधनहरू राति ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भनिएको थियो । ‘पछिल्लो कोरोना संक्रमण दरमा कुनै परिवर्तन आएको छैन, आवतजावतमा पनि नागरिकलाई असहज हुन्छ भन्ने कुरा उठेपछि त्यो...

काठमाडौं उपत्यकामा एक हजार ४६७ सवारीसाधन होल्डमा

काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका एक हजार४६७ वटा सवारीसाधनलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको जनाएको छ। होल्ड गरिएकामध्ये एक हजार७५ वटा दुई पाङग्रे,२९० वटा चार पाङ्ग्रे, ४२ वटा ट्याक्सी र ६० वटा अन्य ठूला सवारीसाधन रहेका छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ४९६ वटा सवारीसाधन होल्डमा

काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ४९६ वटा सवारीसाधनलाई आज बिहान काठमाडौं उपत्यकाको विभिन्न स्थानमा होल्ड गरेको छ। होल्ड गरिएकामध्ये ३८५ वटा दुई पाङग्रे, ट्याक्सी २४ र अन्य ४ पाङग्रे तथा ठुला सवारीसाधन ८७ वटा रहेका छन्। निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।